नयाँ दिल्लीस्थित नेपाली दूतावासमा ‘नेपालि फुड तथा सांस्कृतिक महोत्सव’ भव्य रूपमा सम्पन्न

अर्जुन थापा नयाँ दिल्ली / भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको ‘नेपाल फुड तथा सांस्कृतिक महोत्सव’ शुक्रबार दूतावास परिसरमा भव्य र सभ्य वातावरणमा सम्पन्न भएको छ। नेपालको मौलिक खानपान, संस्कृति तथा परम्परालाई अन्तर्राष्ट्रिय समुदायसामु परिचित गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।

Workplace

कार्यक्रममा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, संघ संस्थाका पदाधिकारी, विद्यार्थी, पत्रकार, समाजसेवी, कलाकार तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेषगरी कूटनीतिक नियोगका सदस्यहरूलाई सहभागी गराउने उद्देश्यले दूतावासको आर्थिक विभागले कार्यक्रमको समन्वय गरेको जनाएको छ।

उक्त कार्यक्रम बारे  भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माले यस्ता कार्यक्रमले नेपालको पहिचान, संस्कृति र परम्परागत खानपानलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न देश भएकाले यस्ता कार्यक्रममार्फत नेपाली मौलिकता अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी दूतावासका सांस्कृतिक परामर्शदाता गोकुल बस्नेत ज्युले  नेपाली खानपान र सांस्कृतिक विविधतालाई एउटै मञ्चमार्फत प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले नेपाली परिकार र संस्कृतिप्रति विदेशी समुदायमा चासो बढाउने उदेश्य र अपेक्षा  गरिएको  बताउनु भएको छ ।

महोत्सवमा नेपालका परम्परागत परिकारहरू विशेष आकर्षण बनेका थिए। आगन्तुकहरूका लागि मार्सी चामल, गुन्द्रुक, सेलरोटी, गोर्खाली अचार, बटुक, ढिँडोबाट तयार गरिएका विभिन्न परिकारहरू लगायत धेरै परिकार हरु  प्रस्तुत गरिएको थियो।

नेपाली स्वाद र परम्परागत खानपानप्रति विदेशी पाहुनाहरूले पनि उत्साहका साथ स्वाद लिएको देखिन्थ्यो। यसैगरी सांस्कृतिक प्रस्तुतितर्फ विभिन्न जातजाति तथा भाषा–भाषी समुदायका नृत्य र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। परम्परागत भेषभूषा र मौलिक संगीतमा आधारित नृत्यले उपस्थित दर्शकहरूको ध्यान विशेष रूपमा आकर्षित गरेको थियो।

कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने मात्र नभई विश्वसामु नेपाली पहिचान उजागर गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

उपस्थित अतिथिहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने धारणा राख्दै दूतावासको पहलको प्रशंसा गरेका थिए। समग्रमा नेपाल–भारतबीचको मात्र नभई बिश्व  मञ्चमा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको ‘नेपाल फुड तथा सांस्कृतिक महोत्सव’ सफल र स्मरणीय रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?