समिति नेतृत्व चयनको तयारी: रास्वपा संसदीय दलको बैठक आज

समाचार सारांश
Auto Generated by AI
  • रास्वपा संसदीय दलको बैठक आज दिउँसो सिंहदरबारमा बस्दैछ।
  • बैठकको मुख्य कार्यसूची संसदीय समितिका सभापतिहरूका लागि उम्मेदवार चयन गर्नु हो।
  • प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिको निर्वाचन हुन बाँकी छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा आह्वान गरिएको छ ।

Workplace

बैठकको मुख्य कार्यसूची संसदीय समितिका सभापतिहरूका लागि उम्मेदवार चयन गर्नु रहेको छ । संघीय संसद् अन्तर्गत हाल १६ वटा संसदीय समिति रहेका छन्, जसमा प्रतिनिधिसभाअन्तर्गत १०, राष्ट्रिय सभाअन्तर्गत ४ र दुई वटा संयुक्त समिति समावेश छन् ।

- Advertisement -Workplace

राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिहरूको सभापति चयन प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ भने प्रतिनिधिसभाअन्तर्गतका १० र संयुक्त दुई समितिका सभापतिहरूको निर्वाचन हुन बाँकी छ ।

यसअघि गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरूको टुंगो लगाएको थियो । सोही दिन डोलप्रसाद अर्याल ले आगामी शुक्रबारका लागि सभापति निर्वाचनको मिति निर्धारण गर्नुभएको थियो ।

नियमअनुसार सम्बन्धित समितिको सभापतिमा दाबी गर्न सोही समितिका एक सदस्य प्रस्तावक र अर्को सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था रहेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?