मनसुनी वर्षा सक्रिय, गृहले निजी हेलिकप्टर तयारी अवस्थामा राख्न भन्यो

काठमाडौं । लगातारको भारी वर्षा र बाढी–पहिरोको जोखिम बढेपछि सरकारले देशभरका निजी हेलिकप्टरहरू तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गरेको छ।

Workplace

गृह मन्त्रालयले शनिबार वायु सेवा सञ्चालक संघ (एयरलाइन अपरेटर एसोसिएसन अफ नेपाल–AOAN) लाई पत्राचार गर्दै हेलिकप्टरहरू खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापनाका कार्यका लागि तयार अवस्थामा राख्न निर्देशन दिएको हो।

मन्त्रालयले लेखिएको पत्रमा भनिएको छ, “राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायु सेवा सञ्चालक संघबीच भएको पूर्व सम्झौता बमोजिम, आवश्यक परेमा तत्काल परिचालन गर्न सकिने गरी निजी हेलिकप्टरहरू तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ।”

हाल देशका विभिन्न पहाडी तथा तराई क्षेत्रहरूमा भारी वर्षा भइरहेको छ। बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा नदीहरूको वहाव बढ्दै गएको छ भने कतिपय स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएका छन्।

गृह मन्त्रालयका अनुसार, निरन्तरको वर्षाका कारण पहिरो, डुबान र बाढीबाट मानिसहरू प्रभावित हुन सक्ने सम्भावना रहेकाले उद्धार र राहतका लागि वायुमार्ग प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ।

सरकारले विपद् व्यवस्थापनमा हेलिकप्टरको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै, आवश्यक परेमा तत्कालै उडान गर्न सकिने गरी इन्धन, चालक दल र अन्य तयारीसमेत पूरा राख्न वायु सेवा कम्पनीहरूलाई आग्रह गरेको छ।

विपद् न्यूनीकरण प्राधिकरणका अधिकारीका अनुसार, वर्षा अझै केही दिन जारी रहने पूर्वानुमान भएकाले हेलिकप्टर तयारी अवस्थामा रहनु अहिलेको प्राथमिकता भएको बताएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?