icon
निर्वाचन
१९ फाल्गुन २०८२, मंगलबार
icon
निर्वाचन

राजासहितको सर्वपक्षीय बैठक बोलाउन प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय सहमति र राजनीतिक स्थिरताका लागि राजासहित सबै पक्षलाई समेटेर सर्वपक्षीय बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

Workplace

पार्टीको आन्तरिक छलफलपछि आफ्नो धारणा सार्वजनिक गर्दै लिङ्देनले देश निरन्तर राजनीतिक तनाब, आर्थिक कठिनाइ र बढ्दो जनअसन्तुष्टिको चरणमा पुगेको उल्लेख गरे।

उनका अनुसार, राष्ट्रिय सहमतिको खोजी अहिलेको ‘सबैभन्दा ठूलो आवश्यकता’ भएको बताउँदै उनले राज्यका सबै पक्ष, दल, समुदाय र संवैधानिक अंगबीच खुला संवाद आवश्यक रहेको बताए।

लिङ्देनले देशको वर्तमान समस्याको समाधान दलगत झगडाबाट होइन, ‘साझा राष्ट्रिय धारणा’ बाट मात्र सम्भव हुने भन्दै प्रधानमन्त्रीलाई छिटोभन्दा छिटो सबै पक्ष सहभागी हुने बैठक आह्वान गर्न अनुरोध गरे।

उनका अनुसार, यस्तो बैठकले मुलुकलाई नयाँ दिशा दिने, स्थिरता कायम गर्ने र आम नागरिकले महसुस गरिरहेका चिन्ता तथा अविश्वास हटाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका हुन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?