करदाता प्रोत्साहन उपहार कार्यक्रम: २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख

समाचार सारांश
Auto Generated by AI
  • आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्मका १६ जना उपहार विजेताको नाम सार्वजनिक गरेको छ।
  • बम्पर उपहार विजेताले १० लाख र दैनिक विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ पाउने व्यवस्था छ।
  • क्रिप्टोग्राफिक प्रविधिबाट विजेता छनोट गरिएकाले यो प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र पारदर्शी छ।

 काठमाडौ – आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि १५ गतेसम्मका लागि १६ जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ ।

Workplace

साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरबाट २ सय ५० रुपैयाँ बराबरको सामान किन्ने एक जना उपभोक्ताले जितेका छन् । 

१० लाख रुपैयाँको बम्पर उपहार र एक/एक लाख रुपैयाँ जित्ने विजेता कुपन नम्बरको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

विजेताहरूको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्याण्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको विभागले जनाएको छ । यो पूर्णरूपमा कम्प्युटरकृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनोट प्रक्रिया पूर्णतः निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

साउन १ गतेदेखि १५ गतेसम्मको अवधिमा उपभोक्ताले गरेका ७ हजार ७७ वटा नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ । ती कारोबारको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ भने यसमा ३ हजार ९ सय १५ जना विक्रेता आबद्ध भएका छन् । यस अवधिका लागि हरेक दिन एक–एक जना गरी १५ जना दैनिक विजेता र साउनको पहिलो १५ दिनका लागि एक जना ‘बम्पर’ उपहार विजेता चयन गरिएको छ ।

त्यसैगरी, यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट २ करोड ५६ लाख ८ हजारभन्दा बढी कारोबार भएको विभागले जनाएको छ । अनलाइन भुक्तानीमार्फत भएको ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ ।

दैनिक उपहार विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ र बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ । प्रोत्साहन कार्यक्रमको औपचारिका शुरुवात गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेटमार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुऱ्याउने  बताउनुभयो ।
उज्यालो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?