करदाता प्रोत्साहन उपहार कार्यक्रम: २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख

समाचार सारांश
Auto Generated by AI
  • आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्मका १६ जना उपहार विजेताको नाम सार्वजनिक गरेको छ।
  • बम्पर उपहार विजेताले १० लाख र दैनिक विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ पाउने व्यवस्था छ।
  • क्रिप्टोग्राफिक प्रविधिबाट विजेता छनोट गरिएकाले यो प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र पारदर्शी छ।

 काठमाडौ – आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि १५ गतेसम्मका लागि १६ जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ ।

Workplace

साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरबाट २ सय ५० रुपैयाँ बराबरको सामान किन्ने एक जना उपभोक्ताले जितेका छन् । 

- Advertisement -Workplace

१० लाख रुपैयाँको बम्पर उपहार र एक/एक लाख रुपैयाँ जित्ने विजेता कुपन नम्बरको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

विजेताहरूको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्याण्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको विभागले जनाएको छ । यो पूर्णरूपमा कम्प्युटरकृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनोट प्रक्रिया पूर्णतः निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

साउन १ गतेदेखि १५ गतेसम्मको अवधिमा उपभोक्ताले गरेका ७ हजार ७७ वटा नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ । ती कारोबारको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ भने यसमा ३ हजार ९ सय १५ जना विक्रेता आबद्ध भएका छन् । यस अवधिका लागि हरेक दिन एक–एक जना गरी १५ जना दैनिक विजेता र साउनको पहिलो १५ दिनका लागि एक जना ‘बम्पर’ उपहार विजेता चयन गरिएको छ ।

त्यसैगरी, यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट २ करोड ५६ लाख ८ हजारभन्दा बढी कारोबार भएको विभागले जनाएको छ । अनलाइन भुक्तानीमार्फत भएको ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ ।

दैनिक उपहार विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ र बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ । प्रोत्साहन कार्यक्रमको औपचारिका शुरुवात गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेटमार्फत घोषणा गरिएको यो कार्यक्रमले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई थप पारदर्शी बनाउन सहयोग पुऱ्याउने  बताउनुभयो ।
उज्यालो

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?