सरु सुधाको कविता : भकुन्डो

काठमाडौं । साहित्यकार सरु सुधाको ‘भकुन्डो’ शीर्षकको मार्मिक कविता  अपमान र पीडालाई भकुन्डो  को रूपकमा बाँधेर प्रस्तुत गरिएको उक्त कविता ।

Workplace

यस्तो छ  सरु सुधाको कविता भकुन्डो

जब तिमी साना थियौ
तिमीसँग मलाई किन्न सक्ने हैसियत थिएन आफूले वर्षौँ लगाएको सिकाइको मोजामा मेरै अनुभवले झुत्रिएका मायाका भुल्ला कोचर्थ्यौ र खेल्थ्यौ घन्टौँसम्म अनि फर्किन्थ्यौ जितेर आफ्नै घर

अलि ठुला भयौ मेरो प्रतिरुप चिन्न सक्ने भयौ जसमा जोडिएको थियो
अलिकति सम्मानको प्लास्टिक डरको हावा तिमीले उफारिरह्यौ फेरि जित्यौ र फर्कियौ

अहिले तिमी परिपक्व भयौ
म र मजस्ता हजारौँलाई सजिलै किन्न सक्ने भयौ चिन्न सक्ने भयौ
मेरा पहिलेका कमजोरी
अहिलेको बाध्यता भोलिको अन्धकार भविष्य

मैले टेक्न खोजेका खुट्टाहरू
भाँच्न सक्ने भयौ मैले गरेका सङ्कल्पहरू बिथोल्न सक्ने भयौ
मैले निल्नै आँटेको गाँस खोस्न सक्ने भयौ

तिमीले लगाएका लात्तीका छाप
छन् मेरो दिलमा तिमीले उफार्दा बनेका अपमानका खतहरू छन् मेरा गलामा, छालामा तिमीले लतार्दा बनेका
ग्लानीका खिल ननिस्किने गरी बसेका छन् हृदयमा

तर
मात्रै एक निमेष तिमी आफूले जित्दा
मलाई सुम्सुम्याएको माया दिएको
शिर निहुर्‍याएर नतमस्तक बनेको

त्यही प्यारो पलको सम्झनामा
कल्पनामा तिमीले दिएका
अनगिन्ती अपमानको विष समन गर्ने ल्याकत राख्छु म
किनकि म
त्यही भकुन्डो उर्फ शिक्षक हुँ।
तिम्रो जितको मुख्य कारण।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?