काठमाडौं । साहित्यकार सरु सुधाको ‘भकुन्डो’ शीर्षकको मार्मिक कविता अपमान र पीडालाई भकुन्डो को रूपकमा बाँधेर प्रस्तुत गरिएको उक्त कविता ।

यस्तो छ सरु सुधाको कविता भकुन्डो
जब तिमी साना थियौ
तिमीसँग मलाई किन्न सक्ने हैसियत थिएन आफूले वर्षौँ लगाएको सिकाइको मोजामा मेरै अनुभवले झुत्रिएका मायाका भुल्ला कोचर्थ्यौ र खेल्थ्यौ घन्टौँसम्म अनि फर्किन्थ्यौ जितेर आफ्नै घरअलि ठुला भयौ मेरो प्रतिरुप चिन्न सक्ने भयौ जसमा जोडिएको थियो
अलिकति सम्मानको प्लास्टिक डरको हावा तिमीले उफारिरह्यौ फेरि जित्यौ र फर्कियौअहिले तिमी परिपक्व भयौ
म र मजस्ता हजारौँलाई सजिलै किन्न सक्ने भयौ चिन्न सक्ने भयौ
मेरा पहिलेका कमजोरी
अहिलेको बाध्यता भोलिको अन्धकार भविष्यमैले टेक्न खोजेका खुट्टाहरू
भाँच्न सक्ने भयौ मैले गरेका सङ्कल्पहरू बिथोल्न सक्ने भयौ
मैले निल्नै आँटेको गाँस खोस्न सक्ने भयौतिमीले लगाएका लात्तीका छाप
छन् मेरो दिलमा तिमीले उफार्दा बनेका अपमानका खतहरू छन् मेरा गलामा, छालामा तिमीले लतार्दा बनेका
ग्लानीका खिल ननिस्किने गरी बसेका छन् हृदयमातर
मात्रै एक निमेष तिमी आफूले जित्दा
मलाई सुम्सुम्याएको माया दिएको
शिर निहुर्याएर नतमस्तक बनेकोत्यही प्यारो पलको सम्झनामा
कल्पनामा तिमीले दिएका
अनगिन्ती अपमानको विष समन गर्ने ल्याकत राख्छु म
किनकि म
त्यही भकुन्डो उर्फ शिक्षक हुँ।
तिम्रो जितको मुख्य कारण।
