राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता : नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी र चिनियाँ राजदूत चाङ माओमिङबीच सिंहदरबारमा शिष्टाचार भेट भएको छ।
  • उपाध्यक्ष भण्डारीले नेपाल 'एक चीन नीति'प्रति प्रतिबद्ध रहेको र आफ्नो भूमिमा चीनविरोधी गतिविधि हुन नदिने बताएकी छिन्।
  • राजदूत चाङले दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ रहेको बताउँदै नेपालको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौ – राष्ट्रिय सभा उपाध्यक्ष लीला कुमारी भण्डारीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।

Workplace

राजदूत चाङले बिहीबार सिंहदरबारस्थित उपाध्यक्ष भण्डारीको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।

- Advertisement -Workplace

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको उपाध्यक्ष भण्डारीको सचिवालयले जनाएको छ।

भेटमा उपाध्यक्ष भण्डारीले नेपाल ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता दोहोर्‍याइन्। ‘हामी ‘एक चीन नीति’प्रति सधैं प्रतिबद्ध छौं,’ उनले भनिन्, ‘हामी हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन दिने छैनौं।’

नेपालको सार्वभौमिकता र स्वतन्त्रताप्रति चीनले दर्शाउँदै आएको सम्मानलाई नेपालले सधैं उच्च महत्व दिएको उनले जानकारी दिइन्। आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तअनुसार अघि बढ्ने चर्चा गर्दै उपाध्यक्ष भण्डारीले चीनले नेपालको पूर्वाधार विकासलगायत आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन्।

चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै उपाध्यक्ष भण्डारीले थप चिनियाँ लगानी आकर्षित तथा सहजीकरण गर्न नेपालले आफ्ना नीतिहरूलाई व्यवसायमैत्री र लगानीमैत्री बनाउने दिशामा सक्रियतापूर्वक काम गरिरहेको जानकारी दिइन्। ‘हामी बेल्ट एण्ड रोड इनिसिएटिभ्स फ्रेमवर्कअन्तर्गत सहमति भएका परियोजनाहरूका साथै अन्य सहयोग परियोजनाहरूको कार्यान्वयनको गतिलाई तीव्रता दिन चाहन्छौं,’ उनले भनिन्।

सो अवसरमा राजदूत चाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताउनुभयो। दुवै देशका राष्ट्रपतिको तहबाट भ्रमण आदानप्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइमा पुगेको उनको भनाइ थियो।

नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राजदूत चाङले राजनीतिक स्थिरतासँगै नेपाल विकासको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?