इजरायली सेनाले नागरिकलाई दियो सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले देशभरका नागरिकहरूलाई सुरक्षित स्थानहरूबाट बाहिर निस्कन अनुमति दिएको छ । तर सेनाले नागरिकलाई सुरक्षित स्थानबाट धेरै टाढा नजान पनि सचेत गराएको छ ।

Workplace

बीबीसीका अनुसार इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू रोक्न सैन्य कारबाही चलिरहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न भनिएको केही समयपछि सेनाले उक्त कुरा बताएको हो ।

 

केही समयअगाडि सेनाले जनतालाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानहरूमा जान निर्देशन दिएको थियो ।

आईडीएफले आफ्ना नागरिकलाई भनेको छ, ‘कृपया गृह मोर्चा कमाण्डका निर्देशनहरू पालना गर्न जारी राख्नुहोस्।’

सेनाले पछिल्लो एक घन्टामा इरानबाट प्रक्षेपण गरिएका ‘दर्जनौँ’ क्षेप्यास्त्रहरूमध्ये केहीलाई रोकेको दाबी गरेको छ ।

‘जहाँ क्षेप्यास्त्र खसेको रिपोर्ट आएको छ, ती स्थानहरूमा अहिले खोजी तथा उद्धार टोली परिचालित छन्,’ सेनाले भनेको छ ।

रातको साढे एक बजेतिर जेरुसेलममा दुई मिनेट जति साइरन बजेको छ ।
यो अघिल्लो रात २४ घन्टा अगाडि साइरन बजेपछि दोस्रोपटक सुनिएको हो । झ्यालबाट हेर्दा आकाशमा धेरै ड्रोनहरू उडिरहेको देखिएको र ठूला तथा नजिकैका विस्फोटका आवाज सुनिएका र झ्यालहरू पनि काँपिरहेका छन् ।

इजरायलमा व्यापक रूपमा प्रयोग हुने साइरन एपमा देशभर ‘रेड एलर्ट’ देखाइएको छ।
समाचार संस्थाहरूले यी आवाजहरू आक्रमणका हुन् कि इरानी हमला रोक्न इजरायलले गरेको प्रत्याक्रमणका हुन् भन्ने स्पष्ट नखुलेको जनाएको छ ।

इजरायल र इरान दुवैले पछिल्ला आक्रमणपछि आफूहरू पछि हट्ने अवस्थामा नरहेको जनाएका छन् । उनीहरूले युद्ध सुरु भएको भन्दै थप आक्रमण गर्ने संकेत देखाएका छन् ।

यता, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी) ले जारी गरेको एक विज्ञप्तिमा उनीहरूले इजरायलका ‘दर्जनौं ठाउँ, सैन्य केन्द्रहरू र एयरबेसहरू’ मा आक्रमण गरेका उल्लेख छ ।
विज्ञप्तिअनुसार, इरानले यो सैन्य कारबाहीलाई “ट्रू प्रमिस ३” नाम दिएको छ। विज्ञप्तिमा यस अपरेसनका थप विवरणहरू पछि सार्वजनिक गरिने बताइएको छ ।

यसैबीच, इजरायली राष्ट्रिय एम्बुलेन्स सेवाले तेल अवीभ महानगर क्षेत्रका कम्तीमा पाँच जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?