शासकीय प्रणाली परिवर्तन अहिले सम्भव छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणाली परिवर्तन हालको सरकारको कार्यक्षेत्र भित्र नभएको स्पष्ट पारेकी छन् । उनले आवश्यक परेमा संविधान संशोधनको संवैधानिक प्रक्रियाबाट मात्र त्यसको समाधान खोज्न सकिने बताइन् ।

Workplace

प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम गर्नुपर्ने मागसहित जेनजी आन्दोलनकारीले दबाब दिइरहेका बेला प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै तत्काल त्यसलाई कार्यान्वयन गर्न नसकिने प्रस्ट्याइन् ।

- Advertisement -Workplace

‘शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले म संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आह्वान गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

सम्बोधनका क्रममा उनले आफ्नो सरकारको प्राथमिकता निर्वाचनमा केन्द्रित हुने पनि दोहोराइन् ।

यता, जेनजी युवाहरूले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभए अर्को आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?