शासकीय प्रणाली परिवर्तन अहिले सम्भव छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणाली परिवर्तन हालको सरकारको कार्यक्षेत्र भित्र नभएको स्पष्ट पारेकी छन् । उनले आवश्यक परेमा संविधान संशोधनको संवैधानिक प्रक्रियाबाट मात्र त्यसको समाधान खोज्न सकिने बताइन् ।

Workplace

प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम गर्नुपर्ने मागसहित जेनजी आन्दोलनकारीले दबाब दिइरहेका बेला प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै तत्काल त्यसलाई कार्यान्वयन गर्न नसकिने प्रस्ट्याइन् ।

‘शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले म संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आह्वान गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

सम्बोधनका क्रममा उनले आफ्नो सरकारको प्राथमिकता निर्वाचनमा केन्द्रित हुने पनि दोहोराइन् ।

यता, जेनजी युवाहरूले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभए अर्को आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?