icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतद्वारा  मृत्युदण्ड फैसला 

ढाका । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइब्युनलले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा सजा ए मौत  सुनाएको छ। २०२४ को विद्यार्थी आन्दोलन दमनका क्रममा नागरिकको मृत्यु भएको आरोपमा उनी दोषी ठहरिएकी हुन्।

Workplace

तीन न्यायाधीशको इजलासले हसिनाले आन्दोलन रोक्न हेलिकोप्टर, ड्रोन र घातक हतियार प्रयोग गर्न आदेश दिए भन्ने प्रमाण पर्याप्त रहेको उल्लेख गरेको छ। सोही मुद्दामा पूर्व गृहमन्त्री असादुज्जमान खान कमललाई पनि मरणदण्ड सुनाइएको छ भने तत्कालीन प्रहरी प्रमुख चौधुरी अब्दुल्लाह अल–मामुनलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ।

अगस्ट २०२४ मा पद त्यागेपछि हसिना भारतमा निर्वासनमा बस्दै आएकी छिन्। उनी अनुपस्थितिमै अदालतले मुद्दा सुनेर फैसला गरेको हो। हसिनाले आफूमाथि लागेको आरोपलाई राजनीतिक रूपमा प्रेरित भन्दै अस्वीकार गरेकी छिन्।

फैसला पछि ढाकामा सुरक्षा कडा गरिएको छ । अदालत आसपासको क्षेत्रमा सेना र प्रहरी परिचालन गरी यात्रामा नियन्त्रण गरिएको थियो। हसिनाको पार्टी अवामी लिगले निर्णयको विरोध जनाएको छ भने अहिले विभिन्न ठाउँमा झडप समेत भएको खबर बाहिरेको छ । उता सरकारले भने आगजनी लुटपाट र तोडफोड गर्ने लाई सिधै गोलि हाने आधेश समेत दिएको छ ।

मानवअधिकार समूहले मुद्दाको प्रक्रियामाथि प्रश्न उठाएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि घटनाक्रममा चासो देखाएको छ। हसिनाविरुद्धका अन्य मुद्दाहरू ट्राइब्युनलमा विचाराधीन छन्। उक्त फैसला पोछी बङालादेशमा झडपको स्थिति बनेको छ एक तर्फ शेख समर्थन बिरोध गरेका छ्न भने एक तर्फ फैसला सोही भन्दै सरकारको पक्षमा समर्थन भइ रहेकाले स्थिति अझै तनावग्रस्त हुने आकलन गर्न सकिन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?