काठमाडौ – रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ ।

रुकुम पूर्वबाट जलजलातर्फ गुडिरहेको लु १ ज ४१६७ नम्बरको जीप भीरबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको र अहिले उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ ।
वैशाख पूर्णिमाका अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुने तीर्थयात्री बोकेको जीप दुर्घटनामा परेको हो ।
