icon
निर्वाचन
२ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

मुगुमा सन्तोष स्मृति कप भलिबल प्रतियोगिता असोज ७ देखि सुरु

रतन रावल कर्णाली –  मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित सिगाडी गाउँको भैंसीचौरमा सन्तोष स्मृति कप भलिबल प्रतियोगिता असोज ७ गतेदेखि सुरु हुने भएको छ।

Workplace

आयोजक टिमका अनुसार हरेक वर्ष बस दुर्घटनामा निधन भएका उदयीमान खेलाडी सन्तोष बिटालुको सम्झनामा यो प्रतियोगिता आयोजना गरिन्छ। यस वर्ष पनि विजयादशमी र तिहारको अवसर पारेर खेल सञ्चालन गर्न लागिएको आयोजक समितिका सदस्य सरोज बिटालुले जानकारी दिनुभयो।

समाजसेवी तथा अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहरा, जो हाल स्पेनको खुस्टा ब्लान्कामा बस्दै आउनुभएको छ, प्रतियोगिताका लागि आर्थिक सहयोग गर्नुभएको छ। उहाँले सन्तोषको सम्झनामा र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्न सहयोग गरिएको बताउनुभयो।

आयोजकले प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना स्थान हासिल गर्ने टोलीलाई  पुरस्कारसहित सम्मान गर्ने जानकारी दिएको छ।

भौगोलिक विकटतामै आयोजना हुने यो प्रतियोगिताले खेलमैदानमा रौनक ल्याउने मात्र होइन, स्थानीयवासीलाई पनि उत्साहित बनाउने आयोजकले बताएको छ ।

उक्त खेललाई नेपाल  खोजखबर र मुगुखबर डटकममार्फत प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?