चुगा गाउँमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट

रतन रावल मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित चुगा गाउँमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

Workplace

स्थानीय दीर्घराज विकका अनुसार अपराह्न करिब ४ बजे अचानक आगलागी हुँदा गाउँकै देवीलाल विकको चार कोठे घर जलेर खरानी भएको हो। आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन।

- Advertisement -Workplace

पीडित विकले फोन सम्पर्कमा बताएअनुसार, आगलागीको समयमा घरमा कोही पनि थिएन। “के कसरी आगलागी भयो थाहा भएन, घरभित्रका अन्नबाली—जौ, कोदो, चामलदेखि बुहारीको लगनको तिलहरी र लत्ता–कपडा सबै खरानी भए,” उनले भने।

मानवीय र पशु क्षति नभए पनि घर पूर्ण रूपमा जलेर नष्ट भएको विकले बताए। “सरकारले बनाइदिएको   घर नै खरानी भयो, अब कहाँ बस्ने?” भन्दै उनले दुःखेसो पोखे। अहिले विक परिवार त्रिपालमा बस्न बाध्य भएको छ।

पुलिस टोली भने घटनास्थलमा पुगेको छैन। भोलि बिहान मुगुबाट प्रहरी टोली पुगेर क्षतिको विवरण संकलन गर्ने तयारी गरिएको स्थानीयले जानकारी दिएका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?