सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरुद्ध एनसेलले प्रहरीमा उजुरी

काठमाडौं । राजधानीको लैनचौरस्थित एनसेलको मुख्यालय ‘एनसेल आइकन’मा जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र डकैती प्रकरणबारे कम्पनीले प्रहरीमा उजुरी दर्ता गरेको छ।

Workplace

एनसेलले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गर्दै घटनाका सम्पूर्ण सिसिटिभी फुटेजसमेत अनुसन्धानका लागि उपलब्ध गराएको जनाएको छ।

कम्पनीले दिएको उजुरीअनुसार २४ भदौको राति भीडको नाममा आएका समूहले कार्यालयमा पसेर रिसेप्सन, ग्राहक सेवा केन्द्र र भित्रका विद्युतीय उपकरणदेखि कागजातसम्म नष्ट गरेका थिए। साथै, नगद, सेफ तथा व्यक्तिगत सम्पत्ति समेत डकैती गरी लगिएको कम्पनीको दाबी छ।

आगजनीका कारण भवनभित्रका महँगो उपकरण, फिटनेस सेटदेखि भाडाका सवारीसाधनसमेत क्षतिग्रस्त भएको कम्पनीले जनाएको छ। एनसेलले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न, चोरी भएका सामान फिर्ता गराउन र क्षतिपूर्ति दिलाउन प्रहरीसँग माग गरेको छ।

प्रहरीले प्राप्त फुटेज, क्षतिको सूची र घटनास्थलको निरीक्षणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ। साथै घटनामा संलग्न जो कोहीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

एनसेलले आफ्ना कर्मचारीलाई आवश्यक सहयोग पुर्‍याइरहेको र अनुसन्धानपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?