हिउँका कारण न्यालु नाका बन्द हुँदा लिमीमा निर्वाचन चुनौतीपूर्।

 

Workplace

मुगु कर्णाली प्रदेश :जिल्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत पर्ने हिमालपारिको लिमी क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवनसँगै आगामी निर्वाचन प्रक्रिया प्रभावित हुने देखिएको छ। करिब ५,२०० मिटर उचाइमा अवस्थित न्यालुलेक–न्यालु नाका क्षेत्रमा हिउँ जमेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि स्थानीयवासीले तत्काल हिउँ हटाउन सरकारसँग माग गरेका छन्।

वडाध्यक्ष पाल्जोर तामाङका अनुसार, माघ १० र १५ गते परेको हिमपातपछि सडक खुल्न नसक्दा यातायात ठप्प छ। सडक बन्द हुँदा मतदातासहित सर्वसाधारणको आवतजावत न्यून भएको छ भने फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गर्न कठिनाइ हुने संकेत देखिएको छ। हिउँ नहटाइए मतदान अधिकृत र सुरक्षाकर्मीलाई हेलिकोप्टरमार्फत ल्याउनुपर्ने अवस्था आउन सक्ने स्थानीयको भनाइ छ।

लिमीका तीन मतदान केन्द्रमा कुल ६७२ मतदाता रहे पनि हाल गाउँमा बसोबास गर्ने मतदाताको सङ्ख्या निकै कम छ। भृकुटी प्राथमिक विद्यालय मतदान केन्द्रमा २४७ मतदाता सूचीकृत भए पनि अधिकांश बाहिर बसोबास गर्दै आएका छन्। हिमशिखर प्राथमिक विद्यालय, तिलगाउँमा १३२ मतदाता भए पनि करिब ४० जना मात्र गाउँमा छन्। सबैभन्दा बढी मतदाता रहेको हल्जीगाउँमा पनि हाल करिब एक सय जनामात्र उपस्थित रहेको जनाइएको छ।

स्थानीय कुन्जोक तामाङले सडक नखुले निर्वाचनमा सहभागी हुन चाहने मतदातासमेत समस्यामा पर्ने बताउनुभयो। हरेक वर्ष हिउँदमा न्यालु नाका बन्द हुने पुरानो समस्या दोहोरिँदै आएको उल्लेख गर्दै वडाले औपचारिक रूपमा सरकारसँग हिउँ हटाउने पहल गर्न अनुरोध गरेको छ।

मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार, हिमपातबाट लिमी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। यसबारे निर्वाचन आयोगलाई जानकारी गराइसकिएको र आयोगको निर्देशनअनुसार आवश्यक कदम चालिने बताइएको छ।

स्थानीयवासीले समयमै सडक सञ्चालनमा ल्याउन सके मात्र हिमालपारिको लिमीमा लोकतान्त्रिक अभ्यास प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?