रोकिएको ट्रकमा मोटरसाइकल ठोकिँदा २० वर्षीय युवकको मृ`त्यु, एक घा`इ`ते

समाचार सारांश
Auto Generated by AI
  • ललितपुरको धोबिघाटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएका २० वर्षीय चालक रितेश श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ।
  • सोही दुर्घटनामा घाइते एकजनाको उपचार भइरहेको छ भने ट्रक चालक प्रहरी नियन्त्रणमा छन्।

काठमाडौ – ललितपुरको धोबिघाटमा रोकिएको ट्रकमा मोटरसाइकल ठोकिँदा २० वर्षीय युवकको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। 

Workplace

गएराति ललितपुर महानगरपालिका-३ धोबिघाटस्थित सडकमा बिग्रेर रोकी राखेको बागमती प्रदेश ०३-००१ ख २०१५ नम्बरको ट्रकमा बा.७५ प ८७० नम्बरको मोटरसाइकल ठोक्किएको हो। 

उक्त दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ कलंकी बस्ने धादिङ घर भएका २० वर्षीय रितेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?