icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

सन्तोष परियार, सुदन किराँती र दुर्गा सोवबीच पाँच बुँदे सहमति, मंसिर सात मा एकता घोषणा

काठमाडौ – भर्खरै रास्वपा छाडेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोव तथा प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँतीले पाँच बुँदे सहमति गरेका हुन।

Workplace

देशमा बढ्दै गएको अर्थ–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक दलहरूमा देखिएको व्यापक भ्रष्टीकरणविरुद्ध उभिएको जेन–जी आन्दोलनपछि आफूहरू एक ठाउँमा आएको उनीहरूको दावी गर्का छन ।

पाँच बुँदे सहमति पत्र सार्वजनिक गर्दै अब एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता उनीहरूले गरेका छन ।

सहमति पत्रमा विगतका सबै मुक्ति आन्दोलनदेखि जेन–जी आन्दोलनसम्म बलिदान भएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा वेपत्ता योद्धाप्रति सम्मान व्यक्त गरिएको छ। उनीहरूले ती आन्दोलनहरूले देखाएको परिवर्तनको सपना पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

तीन पक्षबीच नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने सहमति भएको छ। यसका लागि मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरिएको छ।

सहमति पत्रमार्फत देश–विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी, देशभक्त तथा विशेषगरी जेन–जी पुस्तालाई व्यापक राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरिएको छ। साथै भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिलाई चुनावमार्फत परास्त गर्न नयाँ तथा वैकल्पिक शक्ति र युवा पुस्ताबीच हातेमालोको अपिल गरिएको छ।

सहमतिमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका निवर्तमान प्रमुख सचेतक सन्तोष परियारका हस्ताक्षर छन्।

यो छलफलमा जनार्दन शर्मा, डा बाबुराम भट्टराई   लगायत का नेता सहभागी थिए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?