लुम्बिनी – गुल्मीको मदाने गाउँपालिका–६ मा रहेको श्री पृथ्वी माध्यमिक विद्यालयमा मंगलबार बिहान विद्यार्थी अपहरण भएको भन्ने हल्लाले गाउँभर हलचल मच्चाएको थियो । कक्षा ८ मा अध्ययनरत भुवन कुँवरलाई अपरिचित व्यक्तिले विद्यालय आउँदै गर्दा अपहरण गरेको भन्ने खबर गाउँलेबीच फैलिँदा अभिभावक, शिक्षक र प्रहरी कार्यालय सबैजना तनावमा परेका थिए ।

तर अचम्म त के भन्दा विद्यालय प्रशासनले सार्वजनिक गरेको विज्ञप्ति अनुसार यो घटना पूर्ण रूपमा असत्य भएको पाइएको छ । विद्यालयले स्पष्ट पार्दै अपहरण नभई केही विद्यार्थीले गृहकार्य नगरेको कारण बहाना बनाउन झुटो हल्ला फैलाएको बिधालयले जनाएको छ ।
सो हल्लाले केही समय कक्षाको पढाइ प्रभावित भए पनि अहिले विद्यालयको पठन–पाठन फेरि सामान्य अवस्थामा फर्किएको छ । प्रधानाध्यापक मदनबहादुर कुँवर क्षेत्रीले “विद्यालयमा कुनै अपहरणको घटना भएको छैन, विद्यार्थीको हल्लाका कारण अनावश्यक त्रास मात्र सिर्जना भएको हो” भनेर औपचारिक जानकारी दिनुभएको छ ।
विद्यालय, प्रहरी, अभिभावक र गाउँले सबै मिलेर यसलाई गलत हल्ला भनेर खारेज गरेका छन् । साथै, विद्यालय परिवारले भविष्यमा यस्ता निराधार कुरा नफैलाउन सबैमा आग्रह गर्दै शान्त वातावरणमा पढाइ लेखाइ अगाडि बढाउने विश्वास व्यक्त गरेको छन
स्कुलमा दिएको गृहकार्य नगर्दा विद्यार्थीले यस्तो बहाना रोजनु सायदै यो पोहिलो समाचार होला किन कि प्रहरीनै लागेर अपहरण गरेको भनेर खोजतलास सम्म पुगनु वास्तवमै अनौठो घटना हो।
