icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

अर्घाखाँची जिल्ला को सन्धिखर्कमा मासु पसलमा ग्यास सिलिन्डर पड्किँदा आगलागी

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१ रतहलेस्थित एक मासु पसलमा शनिबार साझ दुईवटा ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको छ।

Workplace

 

सिलिन्डर पड्किएसँगै ठूलो आवाजसहित आगो लागे पनि तत्कालै स्थानीयवासी, व्यवसायी तथा सुरक्षाकर्मीको प्रयासमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट पसलमा रहेको केही सामान जलेर नष्ट भएको भए पनि मानवीय क्षति भने भएको छैन। घटनास्थलमा समयमै उद्धार कार्य भएको कारण ठूलो क्षति हुनबाट जोगिएको स्थानीयहरूले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार आगो नियन्त्रणमा आएपछि थप जोखिम भने छैन। यस्तै, प्रहरीले ग्यास सिलिन्डर प्रयोग गर्दा सावधानी अपनाउन र व्यवसायिक क्षेत्रमा आवश्यक सुरक्षा सामग्री राख्न आग्रह गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?