गुल्मीको भिरमा युवक मृत फेला

 

Workplace

गुल्मी –  गुल्मी जिल्लाको मदाने गाउँपालिका-४, झार्कीसल्ला स्थित ढोरपाटन सडकखण्डदेखि करिब ३०० मिटर तल खरबारीको गोरेटो बाटोमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय (इ.प्र.का.) पुर्कोटदह, गुल्मीलाई २०८१ साल फागुन २७ गते राति करिब ९:३० बजे उक्त घटनाको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक दीपक के.सी.को कमाण्डमा SOCO सहित सातजनाको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल पुर्कोटदहबाट करिब ३ किलोमिटर उत्तरमा रहेको छ।

प्रहरी अनुसन्धानपछि मृतकको पहिचान खुलेको छ। उनी प्युठान जिल्ला, झिमरुक गाउँपालिका-२, बादिकोट निवासी २५ वर्षीय प्रकाश सामत रहेको पुष्टि भएको छ। मृतकका १८ वर्षीय भाइ सुरेश सामतले फागुन २८ गते बिहान ९:३० बजे जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुगेर पहिचान गरेका हुन्। प्रकाश सामत २०८१ साल फागुन १४ गते रातिदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।

घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दिपक केसिले बताएका छ्न

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?