icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगर प्रहरीको कामलाई सिनेमा हेरेजस्तो लाग्ने बताएका छन्।

Workplace

शनिबार  काठमाडौँमा आयोजित ३३औँ महानगर प्रहरी दिवस कार्यक्रममा बोल्दै उनले बाल्यकालमा देखिने हलिउड चलचित्रमा न्यूयोर्क सिटी प्रहरीले गर्ने गतिविधि जस्तै अब काठमाडौँ महानगर प्रहरीले काम गरिरहेको बताएका हुन्।

उनले भने, “काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो लाग्छ। तर यो यथार्थ हो। सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण नियन्त्रण, सुव्यवस्था कायम र अनुगमनमा महानगर प्रहरीको योगदान प्रशंसनीय छ।”

मेयर शाहले महानगर प्रहरीको सक्रियता र कार्यसम्पादनकै कारण अहिले काठमाडौँ महानगर अन्य स्थानीय तहका लागि नमूना बन्दै गएको उल्लेख गरे। उनले अझै प्रभावकारी बनाउन सीप विकास, तालिम र प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रहरी प्रमुखलगायत महानगरका अन्य अधिकारीहरूले पनि आफ्नो भनाइ राखेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?