नेपाली बसबाट भारतीय १४ करोड मूल्य बराबरको थाइल्यान्ड उत्पादन गाँजा बरामद

कपिलवस्तु  – सिद्धार्थनगर जिल्लाको खुनुवा नाकामा तैनाथ सुरक्षाकर्मीहरूले काठमाडौंबाट दिल्ली जाँदै गरेको एक नेपाली बस (ना. लु. ख ६९९८) बाट ठूलो मात्रामा गाँजा बरामद गरेका छन् । सो बसको चेकजाँच गर्ने क्रममा स्पिकरभित्र लुकाइराखिएको १४.३७६ किलो गाँजा फेला परेको हो । बरामद गाँजा थाइल्यान्डमा उत्पादन भएको पाइएको छ भने यससँगै दुई तस्करलाई पनि पक्राउ गरिएको प्रहरी जनाएको छ ।

Workplace

बरामद सामानको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १४ करोड भारतीय रुपैयाँ पर्ने बताइएको छ । सुरक्षाकर्मीहरूले गहिरो जाँच गर्दा स्पिकर अस्वाभाविक रूपमा भारी देखिएपछि खोल्दा भित्र १४२ प्याकेट गाँजा भेटिएको जनाइएको छ । पक्राउ परेका दुवै जना केरलका बासिन्दा रहेको र लामो समय थाइल्यान्डमा काम गरेर फर्किरहेका अवस्थामा समातिएको कस्टम अधिकृत अनिल सिंह बुशरले  नेपाल खोजखबर डड्कम  लाई बताएका छन् । दुबै जनामाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी सिद्धार्थनगर जेल चलान गरिएको छ ।

यस्तै मकवानपुरतर्फबाट बीरगञ्ज आउँदै गरेको एक मिनी ट्रक (बा.२.ख ९५६९) अमलेखगञ्ज प्रहरीले चेकजाँच गर्ने क्रममा छतमा बनाइएको सिँढीभित्र लुकाइराखिएको २८ प्याकेट गाँजा बरामद गरेको छ । बरामद गाँजाको तौल २३६ किलो ७५० ग्राम रहेको प्रहरीले जनाएको छ ।

यस क्रममा मकवानपुरको कलैया नगरपालिका–१० का ३८ वर्षीय रमेश रुयांलाई पक्राउ गरिएको छ । बरामद गरिएको गाँजा र पक्राउ परेका अभियुक्तहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ भने प्रहरीले यसलाई अन्तर्राष्ट्रिय स्तरको गाँजा तस्करीसँग सम्बन्धित घटना मान्दै अनुसन्धान अघि बढाएको  प्रहरीले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?