
- भूमिकास्थान नगरपालिका–८ स्थित भैरव र भीमसेन मन्दिर पुनर्निर्माणका लागि श्रेष्ठ परिवारले ५१ हजार १३५ रुपैयाँ सहयोग गरेको छ।
- कुलप्रसाद श्रेष्ठको प्रेरणामा परिवारका सदस्यहरूले उक्त रकम संकलन गरी मन्दिर व्यवस्थापनलाई हस्तान्तरण गरेका हुन्।
- सहयोगकर्ता श्रेष्ठ परिवारले अन्य स्थानीयवासी र श्रद्धालुहरूलाई पनि मन्दिर पुनर्निर्माण अभियानमा जुट्न आग्रह गरेको छ।
सागर मरासिनी , अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–८ नुवाकोटमा अवस्थित भैरव मन्दिर तथा भीमसेन मन्दिर पुनर्निर्माणका लागि श्रेष्ठ परिवारले रु. ५१ हजार १३५ सहयोग गरेको छ।

मन्दिर तथा भगवानको सेवामा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका परिवारका अग्रज कुलप्रसाद श्रेष्ठको प्रेरणामा परिवारका तर्फबाट उक्त रकम एकमुष्ट सहयोग गरिएको जनाइएको छ। मन्दिर पुनर्निर्माणका लागि ईश्वरा श्रेष्ठले रु. २ हजार ५५५, रूपा श्रेष्ठले रु. २ हजार ५५५, समुद्र श्रेष्ठले रु. २ हजार ५५५, पर्वता श्रेष्ठले रु. ५ हजार १०५, रीता श्रेष्ठले रु. ५ हजार १०५, सम्झना श्रेष्ठले रु. ५ हजार ५५५ र लक्ष्मी घरबाट रु. २७ हजार ७०५ सहयोग गरिएको छ।
श्रेष्ठ परिवारले आफ्नो क्षमताअनुसार मन्दिर पुनर्निर्माणमा सहयोग गरेको जनाउँदै अन्य श्रद्धालु तथा स्थानीयवासीलाई पनि मन्दिर पुनर्निर्माण अभियानमा सक्दो सहयोग गर्न आह्वान गरेको छ। उक्त सहयोगबारे रामचन्द्र श्रेष्ठले जानकारी दिनुभएको हो।

