पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

समाचार सारांश
Auto Generated by AI
  • नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ।
  • काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ कायम भएको छ।
  • डिजेल र मट्टीतेलको मूल्य समेत बढेर विभिन्न स्थान अनुसार १७९ रुपैयाँ ५० पैसादेखि १८२ रुपैयाँसम्म पुगेको छ।

काठमाडौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।

Workplace

आजदेखि लागू हुनेगरी प्रतिलिटर १५ रुपैयाँका दरले भाउ बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो ।

यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १६७ रुपैयाँबाट १८२ रुपैयाँ पुगेको छ । यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ प्रतिलिटर १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ ५० पैसाबाट बढेर  १७९ रुपैयाँ ५० पैसा कायम भएको छ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटि १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ ।

यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १६६ रुपैयााँबाट बढेर १८१ रुपैयाँ पुगेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?