
- गायक नारायण बि.पि नेतृत्वको टोलीले नुवाकोटको तुप्चेमा बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ।
- टोलीले खाद्यान्न, लत्ताकपडा र ओढ्ने-ओछ्याउने लगायतका अत्यावश्यक सामग्री पीडितलाई हस्तान्तरण गरेको छ।
- विपद्का समयमा सहयोगको निरन्तरता दिने बताउँदै गायक बि.पिले सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो।
बुटवल।रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई लोक गायक नारायण बि.पि को नेतृत्वमा एस.के. डान्स स्टुडियोको टोलीले बिदुर नगरपालिका वार्ड नम्बर -७ तुप्चे नुवाकोटमा गएर राहत सामग्री वितरण गरिएको छ ।

राहत वितरणका क्रममा टोलीले प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था र तत्काल आवश्यकताबारे समेत जानकारी लिएको छ। गायक नारायण बि.पि का अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी दिनमा पनि राहत उपलब्ध गराउने बताउनु भयो।विपद्को समयमा पीडित नागरिकलाई एक्लो महसुस हुन दिने उनले बताए।

हाल उपलब्ध गराइएका राहत सामग्रीमा दाल,चामल,तेल, नुन,चाउचाउ,चिउरा,भुजा,आलु ,बिस्कुट सिरक डस्ना पिपि फम,लत्ता कपडा,भाडा सेनेटरि प्याड लगायत लामो समयसम्म सुरक्षित राख्न सकिने अत्यावश्यक खाद्य सामग्री रहेका छन् ।केहि राहात सामग्री वितरणका लागि बिदुर नगरपालिका वार्ड नम्बर -७ तुप्चे नुवाकोटका वार्ड अध्यक्ष रबिन्द्र नेपाल र दिपु ढकाल लाइ जिम्मा लगाइको गायक बि.पि ले नेपाल खोज खबर बताउनु भयो।
उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै एस.के. डान्स स्टुडियो ले आफ्नो क्षमताअनुसार निरन्तर सेवा र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
