गुल्मीमा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ राक्सेमा ठूलो पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार बिहानको अविरल वर्षापछि आएको पहिरोले करिडोर अन्तर्गतको सडक खण्ड पूरै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Workplace

सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फ जाने तथा त्यहाँबाट फर्किने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । यात्रुहरु लामो समयदेखि सडक सुचारु हुने पर्खाइमा बसिरहेका छन् ।

प्रहरीका अनुसार पहिरो पन्छाउन डोजरसहितका उपकरण परिचालन गरिएको छ । स्थानीय सडक विभाग, प्रहरी र स्थानीयवासी मिलेर पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि भारी मात्रामा ढुंगा–माटो खसेकाले सडक खुल्न केही समय लाग्ने अनुमान गरिएको छ ।

अवरुद्ध सडकका कारण बिरामी, विद्यार्थी तथा काम विशेषका लागि यात्रा गरेका सर्वसाधारणलाई सास्ती भएको छ । करिडोर अवरुद्ध हुँदा गुल्मी, पाल्पा, बागलुङलगायतका जिल्लाको आवत–जावत तथा आपूर्ति व्यवस्थामा पनि असर परेको छ ।

स्थानीय प्रशासनले यात्रुहरुलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकाले अझै थप पहिरो खस्ने जोखिम पनि रहेको हुदा सबैलाई सचेत हुन आग्रह गरिएको छ  ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?