गुल्मीमा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ राक्सेमा ठूलो पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार बिहानको अविरल वर्षापछि आएको पहिरोले करिडोर अन्तर्गतको सडक खण्ड पूरै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Workplace

सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फ जाने तथा त्यहाँबाट फर्किने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । यात्रुहरु लामो समयदेखि सडक सुचारु हुने पर्खाइमा बसिरहेका छन् ।

- Advertisement -Workplace

प्रहरीका अनुसार पहिरो पन्छाउन डोजरसहितका उपकरण परिचालन गरिएको छ । स्थानीय सडक विभाग, प्रहरी र स्थानीयवासी मिलेर पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि भारी मात्रामा ढुंगा–माटो खसेकाले सडक खुल्न केही समय लाग्ने अनुमान गरिएको छ ।

अवरुद्ध सडकका कारण बिरामी, विद्यार्थी तथा काम विशेषका लागि यात्रा गरेका सर्वसाधारणलाई सास्ती भएको छ । करिडोर अवरुद्ध हुँदा गुल्मी, पाल्पा, बागलुङलगायतका जिल्लाको आवत–जावत तथा आपूर्ति व्यवस्थामा पनि असर परेको छ ।

स्थानीय प्रशासनले यात्रुहरुलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकाले अझै थप पहिरो खस्ने जोखिम पनि रहेको हुदा सबैलाई सचेत हुन आग्रह गरिएको छ  ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?