icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै जेनजी समूहले राष्ट्रपतिलाई बुझायो ज्ञापन पत्र

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनले राखेका न्यूनतम अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै २३ जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले सरकारलाई फिर्ता बोलाएर नयाँ सरकार गठनका लागि राष्ट्रपति स्वयम्‌ले मध्यस्थता गर्नुपर्ने माग राखेका छन्।

Workplace

राष्ट्रपतिलाई बुझाइएको उक्त ज्ञापनमा सहभागीमध्ये अधिकांश राजावादी विचारमा आधारित जेनजी समूह रहेको देखिएको छ। भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि बनेको कार्की नेतृत्वको सरकारबाट ठूला भ्रष्टाचार प्रकरणको कारबाही नहुँदा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीका लागि संविधान संशोधनमा प्रगति नभएकोमा उनीहरूले असन्तोष व्यक्त गरेका छन्।

त्यसैगरी विद्रोही आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचार, शहीद परिवारका लागि उचित क्षतिपूर्ति, तथा आन्दोलनमा दमन गर्नेहरूको कारबाही जस्ता आधारभूत अपेक्षा पनि सरकारले बेवास्ता गरेको जेनजी समूहको आरोप छ।

‘विद्रोहको जगमा बनेको सरकारले आंदोलनकारीको माग सम्बोधन गर्नुभन्दा केवल निर्वाचन गराउने दिशामा मात्र केन्द्रित भएको देखिन्छ,’ ज्ञापनपत्रमा उल्लेख छ।

यदि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका मागहरू तत्काल कार्यान्वयन नगर्ने हो भने, सरकार फिर्ता बोलाई आफूहरूको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि पहल गरिदिन राष्ट्रपति समक्ष उनीहरूको आग्रह छ। माग पूरा नभए फेरि शान्तिपूर्ण आन्दोलन र दबाब कार्यक्रम चलाउने चेतावनी समेत जेनजी समूहहरूले दिएका छन्।

त्यस्तै सिराहामा समेत हिजो देखि केही जेन्जी समुहले आन्दोलन गरेका छ्न भने केही समय पोहिला झडप समेत भएको थियो देश चुनावि माहोलमा जाने भनेर सरकार भने पनि पोछिल्लो गतिविधि हेर्दा चुनाब हुने सम्भावना निकै कम देखेको छ भने यता नेता हरुले समेत आफ्नो नेता कार्यकर्ता समेत भेटन नपाएको र सभा हरु गर्न नमिलेको अब्स्था छ मुख्य दलका नेता हरुले सरकार सुरक्षा दिन नसकेको र सुरक्षा कमजोर भएको भन्दै असन्तुष्ट रहेका छ्न ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?