
- दशैँको बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।
- सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँमा कायम भएको छ।
- चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँमा झरेको छ।
काठमाडौ -दशैँको बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

अघिल्लो कारोबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा काएम छ ।

अघिल्लो कारोबार दिन कात्तकि २ गते छापावाल सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको महासंघले जनाएको छ
।
यस्तै, चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको छ ।
अघिल्लो कारोबार दिन कात्तकि २ गते चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ थियो ।
