icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

एमालेलाई विद्याको ‘काउन्टर’ : मदन भण्डारीले चुनाव लडेको घर लिइन् भाडामा, त्यहीँबाट गर्नेछिन् ‘राजनीति’

काठमाडौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय रहने रणनीतिअनुसार घर भाडामा लिएकी छन् । एमालेले पार्टी सदस्यता खारेज गरेर च्यासलको ढोका बन्द गरिदिएपछि विद्याले नयाँबानेश्वर हाइटस्थित थापागाउँमा चारतले भवन भाडामा लिएकि छ्न

Workplace

विद्याले आफ्नो सम्पर्क कार्यालय बनाउने गरी भाडामा लिएको सो घरबाट २०४८ सालको निर्वाचनमा मदन भण्डारीले चुनाव प्रसारप्रचार गरेका बताइन्छ ।

मदन भण्डारीको त्यो  रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्याले पनि सोही घरबाट चुनावी अभियान चलाएकी थिइन् । अहिले सोही घर भाडामा लिएर विद्याले एमालेभित्रको अन्तरसंघर्ष नियाल्दै आफ्नो ‘स्पेस’ बनाउने रणनीति तयर गर्दै छिन ।

यही साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले सचिवालय र स्थायी समितिको निर्णयअनुसार विद्याको पार्टी सदस्यता खारेज गर्ने निर्णय गर्दै उनलाई सबैको सम्मानित भएर बस्न सुझाव दिएको थियो । यसको केही दिनमै पत्रकार सम्मेलन गरेर उनले आफ्नो पार्टी सदस्यता खारेज कसैले गर्न नसक्ने समेत पत्रकार सम्मेलनमा उल्लेख गरेकी थिन ।

तर, एमालेले जसरी पनि उनलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने रणनीति बनाएको छ । जसअनुसार एमालेले अन्तरपार्टी निर्देशन (अपानि) नै जारी गरेको छ ।

यही बेला उनले थापागाउँमा घर भाडामा लिएकी हुन् । यही घरमा अब दैनिकजसो आएर विद्याले राजनीतिक गतिविधि गर्ने र सम्पर्क सम्बन्ध विस्तार गर्ने बताएकी छिन।

मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ गरिएको छ । जसको अगुवाइ विद्याले लिएकी छन् । अब सोही समितिमार्फत् आगामी राजनीतिक गतिविधि अघि बढाउने विद्यापक्षधरको योजना रहेको बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?