रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ ।

Workplace

आइतबार निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन आग्रह गरेको हो ।

यसअघि रास्वपाका उम्मेदवारले घण्टी बजाउँदै मत माग्दै आएका थिए ।

कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरूपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना र गुनासाहरू प्राप्त भएको भन्दै दल तथा उम्मेदवारलाई आग्रह गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन ।

यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?