गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणबारे संसदमा जवाफ दिने

काठमाडौँ,  – गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा संसदमै आधिकारिक जवाफ दिने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै उनले सबै सांसदहरुलाई एकैचोटि जानकारी दिन संसदमा बोल्ने अनुमति दिन आग्रह गरे।

Workplace

“यो विषयमा धेरै सांसदहरूको जिज्ञासा रहेकाले समितिमा मात्र नभई संसदमै सबै प्रश्नको उत्तर दिन चाहन्छु,” मन्त्री लेखकले बैठकमा भने।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यस विषयमा गृहमन्त्रीसमेत संलग्न भएको भन्दै विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन्।

यस्तै, बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले राप्रपा नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता किन बोलाइएको भन्ने प्रश्न उठाए। जवाफमा गृहमन्त्री लेखकले आन्दोलनका क्रममा भीड व्यवस्थापनका लागि ती सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको र आन्दोलन समाप्त भएपछि पुनः खटाइने जानकारी दिए।

उनले गणतन्त्र, संघीयता र लोकतन्त्र नेपालको संविधानको मूल आधार भएको उल्लेख गर्दै यी व्यवस्थाबाट पछि फर्कन खोज्ने प्रयासले देशलाई अन्धकारमा लैजान सक्ने चेतावनी पनि दिए। “संविधान फाल्ने वा यसको आधारभूत संरचना उल्ट्याउने कोसिस कसैले गर्नु हुँदैन,” उनले स्पष्ट पारे।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?