
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ।
- गोर्खा ब्रुअरीले सबैभन्दा बढी १० करोड र अन्य विभिन्न बैंक तथा व्यावसायिक संस्थाहरूले सहयोग गरेका छन्।
- अर्थ मन्त्रालयका अनुसार यी सबै रकम अर्थमन्त्रीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
काठमाडौ -प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ बराबर रकम संकलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ । कुमारी बैंकले ३ करोड प्रदान गरेको छ । एनसेलले १ करोड रुपैयाँ प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
एनआईसी एसिया बैंकले २ करोड २१ लाख सहयोग प्रदान गरेको छ । रिलायन्स सुगर मिल तथा केमिकल इण्डष्ट्रिजले १० लाख, शिव शक्ति ग्रुपले ५१ लाख प्रदान गरेको छ ।
निफ्रा बैंकले २ करोड ५० लाख प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ । सारस वेवरेज (रेडबुल)ले २ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड र नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
मन्त्रालयका अनुसार यो रकम अर्थमन्त्रीलाई हस्तान्तरण भएको रकम हो ।
