यी हुन् आज दिनभरका समाचार

समाचार सारांश
Auto Generated by AI
  • नेपालले एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ भने बाढीपहिरोमा परी १ हजार ३८६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
  • देशका विभिन्न स्थानमा करेन्ट लागेर, ट्रकको ठक्करबाट र कारागारमा गरी केही व्यक्तिको दुखद निधन भएको छ।
  • काठमाडौंमा ग्यासको अभाव टार्न ५० हजार सिलिन्डर ल्याइने भएको छ र चिनियाँ युवामा माओको विचारधाराप्रति आकर्षण बढ्दै गएको छ।

राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समाचार 

Workplace

१. गुल्मीमा जंगली बदेल धपाउन बिछ्याइएको विद्युतीय तारमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ।मदाने गाउँपालिका–१ ठुलाचौरस्थित सन्तोष विष्टको कोदोबारीमा ४८ वर्षीया डालकुमारी खत्री मृत अवस्थामा फेला परेकी हुन्। उनी भदौ २२ गते नातिसहित घरबाट निस्किएपछि सम्पर्कविहीन थिइन्।प्रहरीका अनुसार मकैबारीमा बदेल धपाउन मदाने–१ ओख्ले निवासी ३० वर्षीय सन्तबहादुर विष्टले खुला जीआई तारमा विद्युत् प्रवाह गरी छाडेका थिए। सोही तारमा परी करेन्ट लाग्दा खत्रीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।घटनापछि प्रहरीले सन्तबहादुर विष्टलाई नियन्त्रणमा लिएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको प्रहरीले जनाएको छ।           

२.चितवनमा ट्रकको ठक्करबाट एक कामदारको मृत्यु भएको छ। गएराति करिब ३ः३० बजे भरतपुर महानगरपालिका-८ स्थित सदगुण दाना फ्याक्ट्रीको गेटमा सुतेका ३४ वर्षीय चन्द्रबहादुर ठाडा मगरलाई ना.५ ख ८४६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। भरतपुर महानगरपालिका-५ निवासी मगर फ्याक्ट्रीमा काम गर्दै आएका थिए।ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेपछि उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारकै क्रममा बिहान ६ः२६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मगरलाई ठक्कर दिने वीरगञ्ज महानगरपालिका–२१का २३ वर्षीय सर्फराज आलमलाई नियन्त्रणमा लिइएको छ।

३.नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपराह्न उक्त जङ्गलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो ।

४.भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणकी प्रवक्ता शान्ति महतले भदौ २६ गते साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै फेला परेका शवमा मानव अंगसमेत समावेश गरिएको बताइन् ।उनका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३ सय ६४ वटा फेला परेका छन् । तनहुँमा ३८ वटा शव फेला परेका छन् भने काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।प्राधिकरणका अनुसार बाढीपहिरोपछि अझै ५ हजार १ सय ३० जना सम्पर्कविहीन छन् ।मृतकको पहिचानका लागि डीएनए परीक्षणको काम पनि भइरहेको छ । हालसम्म १ हजार २ सय ८६ शवबाट डीएनए नमुना संकलन गरिएको छ । यस्तै, सम्पर्कविहीन व्यक्तिका आफन्तबाट १ हजार ७ सय ५१ वटा डीएनए नमुना संकलन गरिएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमार्फत डीएनए नमुना दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि दुईवटा फोटो र नाता प्रमाणित हुने कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ।

५.भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणकी प्रवक्ता शान्ति महतले भदौ २६ गते साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै फेला परेका शवमा मानव अंगसमेत समावेश गरिएको बताइन् ।उनका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३ सय ६४ वटा फेला परेका छन् । तनहुँमा ३८ वटा शव फेला परेका छन् भने काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।प्राधिकरणका अनुसार बाढीपहिरोपछि अझै ५ हजार १ सय ३० जना सम्पर्कविहीन छन् ।मृतकको पहिचानका लागि डीएनए परीक्षणको काम पनि भइरहेको छ । हालसम्म १ हजार २ सय ८६ शवबाट डीएनए नमुना संकलन गरिएको छ । यस्तै, सम्पर्कविहीन व्यक्तिका आफन्तबाट १ हजार ७ सय ५१ वटा डीएनए नमुना संकलन गरिएको प्राधिकरणले जनाएको छ प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमार्फत डीएनए नमुना दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि दुईवटा फोटो र नाता प्रमाणित हुने कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ।

६.चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सी शनिबार बिहान नयाँ दिल्ली गएका हुन्। नयाँ दिल्लीमा आजदेखि १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ, जुन भोलिसम्म चल्नेछ। सिन्ह्वाका अनुसार सीको भ्रमण दलमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समिति सदस्य काई ची र चिनियाँ विदेशमन्त्री वाङ यी पनि रहेका छन्।

७.काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउन ५० हजार सिलिन्डर ल्याइने भएको छ।ग्यासको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले शुक्रबार ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरेका हुन्। छलफलमा आपूर्ति सहज बनाउन आवश्यक समन्वय र वैकल्पिक व्यवस्थाबारे कुरा भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने भए पनि तत्काल आपूर्ति सहज बनाउन ग्यास उद्योगीहरूले ५० हजार सिलिन्डर ग्यास ल्याउने प्रतिबद्धता जनाएका छन्।मन्त्रालयले कृष्णभीरको पहिरोले भदौ १४ गतेदेखि सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौं आउन नसकेर आपूर्तिमा समस्या भएको उल्लेख गरेको छ।

८. माओ त्सेतुङको निधन भएको ५० वर्ष बित्यो । तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेषगरी ’जेन–जी’ भनिने युवाहरूमाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढिरहेको छ ।चिनियाँ युवाहरू हिजोआज अनलाइन प्लेटफर्महरूमा माओलाई ‘नेता’ भन्दा पनि ‘शिक्षक’ को रूपमा प्रस्तुत गरिरहेका छन् । चिनियाँ भिडिओ प्लेटफर्म ’बिलिबिली’मा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडिओहरूले लाखौँ भ्युज पाइरहेका छन् भने हजारौँ सकारात्मक कमेन्टहरू आइरहेका छन् ।चीनको प्रतिष्ठित चिङ्ख्वा विश्वविद्यालयको पुस्तकालयमा सन् २०१९ यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन ।जानकारहरूका अनुसार, यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनियाँसमाजप्रतिको युवाहरूको निराशा हो ।पछिल्लो तथ्याङ्कअनुसार चीनमा युवा बेरोजगारी झन्डै १८ प्रतिशत पुगेको छ । हप्ताको ६ दिन, बिहान ९ बजेदेखि राति ९ बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन् ।सानैदेखि कडा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न सङ्घर्ष गरिरहेका छन् । यस्तो अवस्थामा, पुँजीवादको आलोचना गर्ने र समाजलाई ’शोषक र शोषित’ भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूलाई आफ्नै भोगाइसँग मिल्दोजुल्दो लाग्न थालेको छ ।विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनियाँ युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ।

९. जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका–९ घर भई हाल विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गरिरहेका ४१ वर्षीय गोविन्द भण्डारीको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।  मोरङ कारागारका निमित्त प्रशासक तुलसी पौडेलका अनुसार भण्डारी लागुऔषध मुद्दाका कैदी सजया भुक्तान गरी रहेका थिए। लागुऔषध मुद्दामा अदालतले भण्डारीलाई १० वर्ष कैद सजाय र ७५ हजार रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार २०८१ असोज १३ गतेदेखि कैद भुक्तान गरिरहेका उनी २०९१ साउन १५ गतेसम्म कारागारमा बस्नुपर्ने हुन्थ्यो।

१०. काठमाडौं।संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी मेन्स प्रिमियर कप-२०२६ को च्याम्पियन बनेको छ।मलेसियाको क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा सम्पन्न फाइनल खेलमा नेपालले प्रस्तुत गरेको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २ सय ६९ रन बनाउँदा अलआउट भयो।यूएईका लागि राहुल चोपडाले शतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।लक्ष्य पछ्याउने क्रममा यूएईका लागि राहुल चोपडाले १०५ बलमा ३ चौका र ४ छक्काको मद्दतमा अविजित १०० रन बनाए। त्यस्तै शोएब खानले ५२, तनिश सुरीले ४२, हरप्रीत सिंहले ३३ तथा खुजैमा तनवीरले १५ रनको योगदान दिए।नेपालका बलरहरूले कसिलो बलिङ गर्दै नियमित अन्तरालमा विकेट लिए। करण केसीले ९ ओभरमा ४९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए भने ललित राजवंशीले १० ओभरमा ४३ रन दिएर २ विकेट हात पारे।त्यसैगरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, गुलशन झा र बसिर अहमदले समान १-१ विकेट लिए। ४९.१ ओभरमा बसिर अहमदको बलमा हैदर अली शून्य रनमा आसिफ शेखद्वारा स्टम्पिङ आउट भएसँगै नेपालको जित सुनिश्चित भएको थियो।यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रनको विशाल योगफल खडा गरेको थियो।नेपालको जितको आधार ओपनर आसिफ शेखको उत्कृष्ट शतकीय इनिङ्स बन्यो। उनले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन बनाए।अर्का ओपनर अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै आसिफले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। अर्जुनले ६३ बलमा ६ चौकासहित ४३ रन जोडे।मध्यक्रममा गुलशन झाले आक्रामक ब्याटिङ गर्दै मात्र ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५२ रनको महत्त्वपूर्ण अर्धशतक बनाए।रोहित पौडेलले ४४ बलमा ४० रनको इनिङ्स खेले भने दीपेन्द्रसिंह ऐरीले १८, इशान पाण्डेले १३ र सन्दीप जोराले ७ रन बनाए। अन्तिम ओभरतिर बसिर अहमदले विस्फोटक रूपमा ४ बलमै २ चौका र १ छक्का प्रहार गर्दै अविजित १५ रन बटुलेपछि नेपालले ३ सय रनको आँकडा पार गरेको थियो।बलिङतर्फ यूएईका इबरार अहमदले ८ ओभरमा ६२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। खुजैमा तनवीरले २ तथा हैदर अली र अदीब उस्मानीले १-१ विकेट हात पारे।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?