भोटेकोसी बाढीदेखि कांग्रेस महाधिवेशनसम्म : अर्घाखाँची कांग्रेसका पाँच निर्णय

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेस अर्घाखाँचीले भोटेकोसी बाढीपीडितको राहत र उद्धारमा सरकारको ध्यानाकर्षण गराएको छ।
  • पीडित सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
  • आगामी १५औँ महाधिवेशनका लागि वडा, पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशनको तालिका तय गरी तयारी तीव्र पारेको छ।

कमला घिमिरे,पाणिनी अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले भोटेकोसी बाढीप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा सरकारको ध्यानाकर्षण गराउनेदेखि १५औँ महाधिवेशनका वडा, पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशनको तयारी तीव्र बनाउनेसम्मका निर्णय गरेको छ।
बैठकले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार, बेपत्ताको खोजी तथा प्रभावितको राहत, पुनःस्थापना र पुनर्वासका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।
बाढीपीडितको सहयोगका लागि पार्टीको केन्द्रीय समितिमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने जिल्ला पदाधिकारीको निर्णयलाई पनि अनुमोदन गरिएको छ।
त्यस्तै, १५औँ महाधिवेशनअन्तर्गत असोज ३ गते ६१ वटै वडामा, असोज ७ गते ६ वटै पालिकामा र असोज १० गते दुई प्रदेशसभा क्षेत्रमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ।
अधिवेशनलाई व्यवस्थित बनाउन सम्बन्धित समितिलाई जिम्मेवारी दिँदै निर्वाचन अधिकृत खटाउने र उनीहरूलाई भदौ ३१ गते केन्द्रीय प्रतिनिधिमार्फत प्रशिक्षण दिने निर्णयसमेत गरिएको कांग्रेस अर्घाखाँचीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?