icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

रवि लामिछाने कारागारमा आधारभूत सुविधा नपाएको राष्ट्रिय मानव अधिकार आयोगको दाबी

भैरहवा । राष्ट्रिय मानव अधिकार आयोगले पुर्व  उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहिसकेका रवि लामिछानेलाई भैरहवास्थित कारागारमा आधारभूत सुविधा समेत नपाएको र अत्यन्त खराब अवस्थामा राखिएको जनाएको छ।

Workplace

आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गएको टोलीले सोमबार कारागार निरीक्षणपछि लामिछानेलाई राखिएको कोठामा न झ्याल रहेको न खुला हावामा जान अनुमति दिएको पाइएको बताएको हो। ‘उहाँहरुलाई एकदमै खराब हालतमा राखिएको रहेछ,’ अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सदस्य थापाले भनिन्, ‘रविजीलाई राखिएको कोठामा एसी छैन, झ्याल बन्द गरिएको छ, प्रशासनले सुरक्षाको कारण देखाएको छ। हामीले आज भनेपछि छिट्टै म्यानेज गर्छौँ, झ्याल खोलिदिन्छौं भनेका छन्।’ उनले भनिन्

उनका अनुसार लामिछानेको कोठामा दुईवटा पंखा भए पनि बाहिरबाट हावा आउने व्यवस्था नभएकाले पंखाको हावाले पर्याप्त राहत नपुग्ने अवस्था छ। त्यस्तै, कोठासँगै रहेको शौचालयको अवस्था अत्यन्तै बिग्रिएको र पानीको समेत अभाव रहेको उनले जानकारी दिइन्।

आयोगले यसलाई मानवअधिकारको गम्भीर उल्लंघनका रूपमा लिएको जनाएको छ। सदस्य थापाले अदालतले आदेश दिइसकेको भए पनि लामिछानेलाई स्थानान्तरणको अनुमति नदिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन्। ‘यस विषयमा हामी कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौँ,’ उनले भनिन्।

उनका अनुसार कारागारमा पत्रपत्रिका नआउने भएकाले लामिछाने समाचार र सूचनाबाट वञ्चित छन्। आयोगले कारागार प्रशासनलाई तत्काल आवश्यक सुविधा सुनिश्चित गर्न र स्थानान्तरणसम्बन्धी अदालतको आदेश कार्यान्वयन गर्न आग्रह गरेको छ।

केही दिन पोहिला मात्र नयाँ पत्रीकाले यो बिसयमा समाचार लेखेको थियो उक्त समाचार पोछी कारागार प्रशासन बाट पनि विज्ञप्ति निकालेर झुट प्रचार नगर्न आग्रह गरेको र सबै सुबिधा दिएको भनिएता पनि मानवअधिकार कर्मिले बताए अनुसार उनी अहिले  पनि एउटा् बन्दीले पाउनु प्रने सुबिधा समेत नदिएको गुनासो छ हेरौ अब मानवअधिकार कर्मीको निरीक्षणपछि उनले सुबिधा पाउँछन् या पाउदैन्न यसै बिसयमा अर्को समाचार लेखने छौ । हाम्रो नेपाल खोजखबर  पेज सङ्ग जोडिनु होला थप अपडेटको लागि ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?