रमेश लेखकको राजीनामा र छानबिन आयोग गठन हुनुपर्ने विषय उठाएसँगै नयाँ बजेट प्रभावित हुन सक्ने

काठमाडौ – प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठन हुनुपर्ने विषय उठाएसँगै नयाँ बजेट प्रभावित हुने देखिएको छ ।

Workplace

विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद चल्न नदिने अडान लिएका छन् ।

सङ्घ सरकारले जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर संसद निरन्तर अवरोध हुने अवस्थामा बजेट पेश गर्ने प्रक्रियालाई प्रभावित पार्न सक्ने देखिन्छ । हिजोको संसद बैठक आज बिहान ११ बजे बस्ने गरी सूचना टाँस गरेर स्थगित भयो ।

सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गरेपनि सहमति जुट्न सकेको छैन । सहमतिका लागि आज पनि छलफलको तयारी छ ।

सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीको विषयलाई मन्त्रीसँग जोडेर सदन अवरुद्ध पार्ने गलत नजिर बसाल्न खोजिएको टिप्पणी गर्नुभएको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजे बस्ने कार्यसूची छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?