सन्धिखर्कमा महिला तथा जनजातिहरूलाई अर्गानिक खाना बनाउने तालिम सुरू

अनिल नेपाली

Workplace

अर्घाखाँची – स्थानीय सामग्रीबाट अर्गानिक खाना बनाउने तालिम आजदेखि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा सुरु गरिएको छ। कार्यक्रम वडा अध्यक्ष चुरा बहादुर  केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष केसीले स्थानीय स्तरमा उत्पादन हुने सामग्रीबाट अर्गानिक खाना बनाउने तालिमले स्थानीयलाई आत्मनिर्भर र स्वरोजगार बनाउन मद्दत गर्ने बताए। उनले यस्ता कार्यक्रमले विशेष गरी महिला तथा जनजातिहरूलाई आर्थिक रूपमा सबल बनाउन योगदान दिने भएकाले सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह समेत गरे।

१० दिनसम्म सञ्चालन हुने उक्त तालिममा स्थानीय १६ जनाको सहभागिता रहेको छ। वडा सचिव सीता बि.सी. पराजुलीका अनुसार तालिममा स्थानीय रूपमा उत्पादन हुने खाद्यान्न तथा तरकारीको प्रयोग गरेर अर्गानिक खाना बनाउन सिकाइने छ।

कार्यक्रममा वडा सदस्य डुकलाल पोखरेल, मिना ज्ञवाली, स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र विक लगायतको उपस्थिति रहेको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?