
रतन बहादुर रावल मुगु जिल्ला कर्मुणालि प्रदेस
मुगु जिल्ला को खत्याड गाउँपालिका म २०७९ साल असोज महिनाको तेस्रो साताको अविरल वर्षाले खत्याड गाउँपालिका लाई गहिरो घाउ दियो थियो रारा तालको मुहानबाट सुरु भएर करिब ३४ किलोमिटर बग्दै कर्णाली नदीमा मिसिने खत्याड खोला ले त्यो वर्ष उग्र रूप लिँदा, एक समयको सुन्दर र उर्वर खत्याड एकाएक उजाड बगरमा परिणत भयो।
अर्बौँको क्षति भयो। पाक्न लागेको अन्नबाली बग्यो, उर्वर खेतबारी बगरमा बदलियो, घरबस्ती ढल्यो, पशुचौपाया हराए। सडक, सिँचाइ कुलो, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, पुल र विद्युतका संरचना सबै बाढीले निर्मम तरिकाले बगायो।
जनताले भोगेको पीडा पटक–पटक सिंहदरबारसम्म पुर्याउने प्रयास गरियो, तर त्यो आवाज सत्ताका गल्छीमा हरायो। न राहत आयो, न खेतबारी पुनर्स्थापना भयो।
त्यो बेला न शेर बहादुर देउवा र के.पि. वलीको सिंहदरबारले जनताको पीडा गहिराइमा बुझ्यो, न जीवन बहादुर शाही र याम लाल कडेलको प्रदेश सरकारले अपेक्षित कदम चाल्न सक्यो।
क्षतिग्रस्त क्षेत्र घोषणा गरियो, तर त्यो घोषणा कागजमै सीमित रह्यो। जनता भने वर्षौंदेखि पीडाको भारी बोकेर बस्न बाध्य भए।
तर निरन्तर पहल र अथक प्रयास कहिल्यै व्यर्थ हुँदैन।
केही हप्ता अघि हामीले सिँचाइ विभागका महानिर्देशकसमक्ष खत्याडका पीडित जनताको आवाज लिएर गम्भीर ध्यानाकर्षण गराएका थियौँ।
आज त्यसैको परिणामस्वरूप नदी नियन्त्रण तथा तटबन्धन निर्माणका लागि मुगु जिल्ला सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयबाट करिब ३ करोड रुपैयाँ बराबरको कामका लागि ठेक्का आह्वान भएको छ।निर्वाचनको समयमा पनि हामीले यस विषयलाई निरन्तर उठाउँदै आएका थियौँ। आज त्यो प्रयासले मूर्त रूप लिन थालेको छ। यो केवल एउटा योजना होइन, खत्याडका पीडित जनताका लागि आशाको नयाँ किरण हो। यस महत्वपूर्ण कार्यमा साथ र सहयोग गर्नुहुने सिँचाइ विभागको सम्पूर्ण टोली तथा जिल्ला सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयका कार्यालय प्रमुखज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।पीडाको अँध्यारोपछि परिवर्तनको उज्यालो आउँदैछ।
खत्याडको मुहार फेरिने यात्रामा निरन्तर अघि बढिरहेका छौँ समाजसेवी अनिल बानियाले बताउनु भयो।

