कारागारभित्र विकासको सपना बोकेका नेता’: टोप बहादुर रायमाझी

अर्घाखाँची – कारागारभित्र विकासको सपना बोकेको नेता टोप बहादुर रायमाझी हात हल्लाएको र फोटो खिचाएको भरमा दुई वर्षदेखी कारागारमा रहेका छ्न।

Workplace

अर्घाखाँची जिल्लाका ब्राण्ड व्यक्तित्व टोप बहादुर रायमाझी आज उनीमाथिको आरोप पुष्ट हुन्छ कि हुँदैन भन्ने अनिश्चित अवस्थाबीच जीवनको कठिन घडीमा बाँचिरहेका छन्। सुपादेउराली मन्दिर, पाणिनी तपोभूमि, देशकै ठूलो नगरपालिका शितगंगा र राष्ट्रिय स्तरका केही खेलाडीहरुले जति अर्घाखाँचीलाई चिनाएका छन्, त्योभन्दा कम भूमिका टोप बहादुरले निभाएका छैनन्। २०६४ सालदेखि पटक–पटक जिल्लाको मन र मत जित्दै आएको नेतृत्व आज कारागारको शरणमा छ।

उनीमाथि लागेको आरोप प्रमाणित होला कि नहोला भन्ने कुराले राजनीतिक, सामाजिक र आर्थिक रूपमा उनलाई सकाउने प्रयास भइरहेको आभास हुन्छ। तर जब पत्रकार लक्ष्मण घिमिरेले उनलाई भेटे, उनी कुनै नव ऊर्जा छरिरहेका, कुनै नयाँ आशा बोकेका व्यक्तिजस्ता देखिए। उनको आत्मविश्वास र उर्जा यति बलियो देखिन्थ्यो कि भेट्न गएका जो–कोही व्यक्ति निराश भएर फर्कन सक्दैनथे।

त्यस दिन एमाले नेता विशाल भट्टराई उनीसँग भेटेर फर्किएको केही क्षणमै पत्रकार घिमिरे र उनका साथिहरू पुग्छन्। पहिलेजस्तै रायमाझीले चिन्न मुस्किल परे। “मान्छे नचिन्ने त तपाईंको पुरानै बानी हो क्यारे,” भन्दै पत्रकारले परिचय दिए। रायमाझी मुस्कुराउँदै भन्छन्, “हो त, अलि कन्फ्युज हुन्छु क्या!” छेउमै उनका सुपुत्र सन्दिप रायमाझी पनि आइपुगेका थिए। सन्दिपले भने, “नाम सुनेको थिएँ, फेसबुकमा स्टाटस पढेको थिएँ तर तपाईंलाई चिनेको रहेनछु।”

एकछिन है भन्दै रायमाझी भित्र पस्छन् र कापी तथा डटपेन लिएर फर्कन्छन्। त्यसपछि त उनको अनुहार पढ्नमै दुई घण्टा बित्छ। उनले कापीका पाना भरिसकेका थिए—जिल्लालाई कहाँ के आवश्यक छ, कुन विकास पूर्वाधार कहाँ बनाउने, एयरपोर्ट कसरी सम्पन्न गर्ने, सुपादेउराली मन्दिरलाई कसरी आधुनिक बनाउने, ढोरपाटन सडकको आवश्यकता, नौमुरे आयोजना कसरी बहुउद्देश्यीय बनाउने, रोजगारी सृजना कसरी गर्नेजस्ता दर्जनौँ योजनाका खाका त्यसमा थिए।

त्यो दृश्य यस्तो थियो, मानौं उनी कारागारमा होइन, सिंहदरबारमा बसेर विकासको खाका सुनाउँदै छन्। आफू कारागारमा रहे पनि मन भने अर्घाखाँचीकै माटोमा थियो। साढे तीन घण्टाको त्यो भेटमा उनले अधिकतम समय जिल्लाको विकास योजनामा खर्चिएको आभास हुन्थ्यो ।

एकछिन गहिरिएर पत्रकार सोच्दछन्—‘यत्रो जीवन धरापमा परेका, राजनीतिक जीवन खतराको छेउमा पुगेका, आर्थिक रूपमा कमजोर अवस्थामा रहेका व्यक्तिले अझै पनि जिल्लाको समग्र विकासकै चिन्ता गरिरहेका छन्। साँच्चै अचम्मका छन् रायमाझी।’ भन्दै पत्रकारको जिज्ञासा जाग्छ—“दाजु, तपाईमाथि यत्रो आरोप छ। दुई वर्षदेखि बन्दी जीवन बिताइरहनुभएको छ। आखिर के हो तपाईंको केस?”

रायमाझी भन्छन्, “माथि किटानी जाहेरी छैन। फोटो खिचाएको र हात हल्लाएको भरमा दुई वर्षदेखि थुनामा छु। यो कुनै केस नै होइन। उपप्रधानमन्त्री भएको व्यक्तिको यस्तो हालत छ भने सर्वसाधारणको के हालत होला? मेरो बानीले फसायो—जो–कोहीलाई भेट्ने, कफी खाने, फोटो खिचाउने—यिनै बानीले यहाँ ल्यायो।” उनी भन्छ

उनले थपे, “म सफाइ पाउने व्यक्ति हुँ भन्नेमा पुरै विश्वास छ। धेरै अगाडि नै यसको छिनोफानो हुनुपर्ने थियो। तर राजनीतिक कारणले यो मामला अल्झिएको समेत उनको भनाइ रहेको थियो ।

पहिलो भेटमा उनले भनेका थिए, “माओवादी छाडेको, एमाले भई नसकेको परेछु।” अहिले पनि त्यही भाव दोहोरिए, “पुरानाले फसाए, नयाँले चासो दिएन।” रायमाझी बताउछ्न।

रायमाझीलाई व्यक्तिगत चिन्ता छैन। बरु जिल्लाको विकास रोकिएको भन्दै चिन्तित देखिए। “म कारागारमा आएपछि अर्घाखाँचीको विकास थलेको छ। अरू माननीयहरू हुनुहुन्छ, मुख्यमन्त्रीसम्म हुनुहुन्छ, तर सबै खुद्रे काममा रमाइरहनु भएको देखिन्छ। म निस्किएपछि दोब्बर क्षतिपूर्ति दिनेछु र विकासका काम  अघि बढाउनेछु उनी भन्छन् ।

कतै टोप बहादुर रायमाझी अन्यायमा त परेका होइनन्? कतै अर्घाखाँची जिल्लामै अन्याय त भएको होइन? के यो नियोजित राजनीतिक प्रतिशोध हो? के एमालेले पनि उनलाई चासो नदिएको हो? त यो गम्भीर प्रश्न छ ।

रायमाझीको मुद्दा हेरेका अधिवक्ता धर्म रेग्मी भन्छन्, “केस फितलो नै छ। किटानी जाहेरी छैन, हिरासतमा बोलेकाले अदालतमा त्यसको समर्थन गरेनन्, पेशी बारम्बार सर्छ। यी सबै शंकास्पद क्रियाकलाप हुन्।” अधिवक्ता भन्छ्न ।

यता रायमाझीका छोरा सन्दिप भन्छन्, “केस के हो भन्ने मलाई पनि थाहा थिएन। एक्कासी प्रहरी आएर लगे अनि बिस्तारै थाहा पाइएको बताउछन् ।

यस प्रकरणले कसलाई फाइदा, कसलाई घाटा भयो भन्ने अझै स्पष्ट छैन। तर अर्घाखाँचीको विकासका लागि टोप बहादुर रायमाझीको उपस्थिति आवश्यक रहेको जिल्लावासीको बुझाइ छ। र बीचबीचमा टोपबहादुर लाई जन्ताले याद गरेको सामाजिक संजालमा देखिन्छ तर नेता हरुले भने त्यति चासो  दिएको पाइदैन ।

पुष्टभूमि: एक सशक्त राजनीतिक यात्रा

नेपाली राजनीतिमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय टोप बहादुर रायमाझीको राजनीतिक यात्रा माओवादी आन्दोलनबाट सुरु भएको हो। जनयुद्धकालमा भूमिगत भएका उनले युद्धपछिको संक्रमणकालमा संविधानसभाको निर्वाचनदेखि लिएर मन्त्रीसम्मको जिम्मेवारी सम्हाले। उनी २०६४ सालमा पहिलो पटक संविधानसभा सदस्य निर्वाचित भए। पछि ऊर्जामन्त्री र उपप्रधानमन्त्रीजस्ता जिम्मेवारी समेत सम्हालेका रायमाझी नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता मानिन्थे।

माओवादी परित्याग गरेपछि उनी नेकपा (एमाले) प्रवेश गरे। तर नयाँ दलभित्र उनले अपेक्षित स्थान पाउन सकेनन् भन्ने धारणा उनले आफैं व्यक्त गर्छन्। “पुरानाले फसाए, नयाँले चासो दिएन” भन्ने उनको भनाइ, वर्तमान राजनीतिक अवस्थाप्रति आक्रोश र निराशा दुवै बोकेको पाइन्छ।

अर्घाखाँचीको आवश्यकता र नेतृत्वको अभाव

रायमाझी अहिले जिल्लाको आवश्यकता र भावी योजनाका लागि एक अपरिहार्य पात्रका रूपमा देखिन्छन्। जिल्लामा अन्य नेताहरू भए पनि, उनको जस्तो दीर्घदृष्टि, योजना र नेतृत्व क्षमताको अभाव व्यापक रूपमा महसुस भइरहेको छ।

भेटपछि पत्रकार घिमिरे भन्छ्न —“या त भगवानले अर्को टोप बहादुर जन्माइदेऊ, या पुरानै टोप बहादुर फर्काइदेऊ।”

(त्यही कारागारमा रहेका अर्घाखाँची निवासी निलम्बित गृहसचिव टेक नारायण पाण्डेसँग पनि पत्रकारको लामो छलफल भएको पत्रकार घिमिरेले बताएका छ्न।)

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?