घाइतेको उद्धार गर्न काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स, अस्पतालमा पानी र खाना पनि पुर्याउने भएको छ

काठमाडौ – काठमाडौँ महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्‍याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको छ ।

Workplace

 

मेयर बालेन शाहको सचिवालयका अनुसार घाइतेहरुलाई उद्धारगरी नजिकको अस्पताल लैजान एम्बुलेन्स खटाइएको हो ।

अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शैय्या अभावका कारण उपचारमा समस्या भएको देखिएपछि  बिरामीलाई अस्पतालसम्म लैजाने एम्बुलेन्स खटाएको र नगर प्रहरीले सहयोग गरिरहेको जनाइएको छ ।

यस्तै सबै अस्पतालमा घाइतेहरुका लागि पिउने पानी र खानाको व्यवस्थापन समेत महानगरले गर्ने सचिवालयले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?