मुगुमा नेपाल नेत्रज्योति सङ्घको निःशुल्क आँखा शिविर म १०६ जनाले पाए नयाँ ज्योति।

नेपाल नेत्रज्योति संघको हिमालय आँखा हस्पिटल पोखरा घारीपाटनको आयोजना र आर्थिक सहयोग रेडले आइ फाउन्डेसन म हिमाली जिल्ला मुगुको छायाँनाथ रारा गरपालिका म निःशुल्क आँखा शिविर वैशाख ९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो।
उक्त आँखा शिविरमार्फत बिरामीहरूको आँखा परीक्षण गरिएको छ। जसमा महिला ४८९ पुरुष३६०भने ८५० साधारण चेकजाँच गरिएको छ। निःशुल्क शल्यक्रिया महिलाको ५४ पुरुषको ५२ गरि १०६ जना सफल शल्यक्रिया  गरिएको छ।उक्त शिविरमार्फत म  मुगु जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरू समेत लाभान्वित भएका छन् ।बैसाख ९गतेदेखि ११ गतेसम्म मुगुको छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ८५०० जना बिरामीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीहरूमध्येमा मोतीबिन्दु देखिएको १०६ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्ल ले बताउनुभयो।२५० बिरामीहरूलाई निःशुल्क चस्मा समेत वितरण गरिएको मल्ल ले जानकारी दिए ।

शिविरको समापन गर्दै नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले  पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिविहीन बस्न नपरोस् भन्ने हेतुले सङ्घले दशैभरी निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको नगर प्रमुख भामले हिमालय आँखा अस्पताल र नेपाल नेत्र ज्योतिसंघलाई धन्यवाद समेत व्यक्त गरेका छन्।
नेपाल नेत्रज्योति सङ्घ विशेषज्ञ डाक्टर हरिविक्रम अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलिले आँखा शिविर सञ्चालन गरेको हो ।मोतीबिन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतीबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।
मोतीबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधिले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चस्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतीबिन्दुको शल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् ।नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा देशैभरि वार्षिक हजारौँ निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

Workplace

नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

छुटाउनुभयो कि ?