नयाँ दिल्ली – भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसपछि उत्पन्न घटनाक्रमले दुई देशबीचको सम्बन्धमै असर पार्ने संकेत देखिएको छ। नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले उनीहरूलाई निष्कासन गर्ने निर्णय मात्रै गरेन, बाउन्सर परिचालन गरेर आक्रमण गराएको आरोपसमेत लागेको छ। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग भइरहे पनि विश्वविद्यालय प्रशासनको रवैया अझै कडा नै देखिएको छ।

प्रकृति लम्साल आइतबार छात्रावासमा मृत फेला परेपछि नेपाली विद्यार्थीहरूले सत्यतथ्य बाहिर आउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। तर, उनीहरूको आवाज दबाउन विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई निष्कासन गरिदियो। प्रदर्शनका क्रममा केही भारतीय बाउन्सरले उनीहरूलाई शारीरिक आक्रमण मात्र गरेनन्, मानसिक रूपमा पनि त्रास दिने प्रयास गरे।
नेपाली विद्यार्थीहरूले न्यायका लागि आठ बुँदे माग अघि सारेका छन्, जसमा घटनाको निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कानुनी कारबाही, विद्यार्थीहरूमाथि भएको आक्रमणबारे विश्वविद्यालय प्रशासनको स्पष्टीकरण, सिसिटिभी फुटेज सार्वजनिक गरिनु, झूटो प्रचारबारे विश्वविद्यालय प्रशासनको गल्ती स्वीकार, आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रिया अगाडि बढाइनु जस्ता माग छन्।
उक्त घटना पोछी ३ जाना कर्मचारी लाई निलम्बन गरेको छ जस्ले नेपालको बजेट भन्दा हाम्रो कलेजको बजेट धेरै भने अभिव्यक्ति दिएका थिए भने २ गार्ड लाई समेत बर्खास्त गरेको छ
नेपाल सरकार कूटनीतिक रूपमा कति प्रभावकारी छ भन्ने यस घटनाले परीक्षण गरिरहेको देखन सकिन्छ । कुनै नेपाली नागरिकले अन्याय भोग्दा आफ्नो देशको सरकार उनको पक्षमा दृढ रूपमा उभिन सक्दैन भने नेपाली नागरिकको सुरक्षाको जिम्मेवारी कसको? भारतस्थित नेपाली दूतावासले घटनाको निष्पक्ष छानबिन र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि भारत सरकार, राज्य सरकार र विश्वविद्यालय प्रशासनसँग संवाद गरिरहेको जनाएको छ। तर, यो मात्रै औपचारिकता पूरा गर्ने प्रक्रिया हो कि वास्तविक न्याय सुनिश्चित गर्ने प्रयास? यो भने हेर्न बाकी छ सरकार कुटनितिक पर्यास बाट यो बिषय लाई समाधान गरोस भने सबै नेपालीको अपेक्षा रहेको छ ।
नेपालभरबाट चौतर्फी दबाबपछि केआईआईटी विश्वविद्यालयले सोमबार साँझ सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । विश्वविद्यालय प्रशासनले परिस्थिती सामान्य बनाउँदै शैक्षिक गतिविधि पुनः सुचारु गर्ने प्रयास भइरहेको बताएको छ। यद्यपि, नेपाली विद्यार्थीहरू अझै त्रासमा छन्। विश्वविद्यालय प्रशासनले आरोपित व्यक्तिलाई पक्राउ परे भनेर जानकारी दिए पनि यसबारे कुनै ठोस प्रमाण सार्वजनिक गरेको छैन।
नेपाली विद्यार्थीहरूमाथि अन्याय हुँदा नेपाल सरकारले दृढ कूटनीतिक कदम चाल्न नसक्ने हो भने नेपाल–भारत शैक्षिक आदानप्रदानमा गम्भीर असर पर्न संभावना हुने अनुमान गर्न सकिन्छ । नेपाली अभिभावकहरू आफ्ना सन्तानलाई भारतमा उच्च शिक्षा पठाउन डराउने अवस्था आउन सक्छ, जसले दीर्घकालीन रूपमा दुई देशबीचको सम्बन्धमै असर पार्न सक्छ। नेपाल सरकारले यस प्रकरणलाई गम्भीरतापूर्वक लिएर उच्च कूटनीतिक तहमा तत्काल प्रभावकारी पहल गर्नुपर्ने देखिन्छ। अन्यथा, यो घटनाले नेपाली विद्यार्थीहरूको सुरक्षामा सरकारको असक्षमतामात्रै देखाउने होइन, दुई देशबीचको सम्बन्धमा पनि ठूलो दरार ल्याउने देखन सकिन्छ
उक्त बिषयमा नेपाल सरकार र नेपाली भारतीय दूतावासले न्यायको लागि र भारतमा अध्ययनरत सम्पुर्ण विद्यार्थीको सुरक्षाको ग्यारेन्टीको सुनिश्चित गर्नु प्रने देखिन्छ यो बिषयमा उचित कदम उठाउन र न्यायको पक्षमा उचित कदम उठाउन नेपाल खोजखबर सरकार वाला सम्पुर्णमा ध्यानाकर्षण गराउन चाहान्छ।
