काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएको सरकारको उपलब्धिमाथि लिङ्देनले प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकको सुरुमै सम्बोधन गरेका प्रधानमन्त्री ओलीले केही आयोजनाको ब्रेक थ्रूलाई उपलब्धिको रूपमा सुनाएका थिए ।
यसबारे लिङ्देनले ओलीले सुनाएका उपलब्धि हेरे देशमा सरकार नै नभएको देखिने बतायका छन ।
प्रधानमन्त्रीले जुन उपलब्धि सुनाउनुभयो, सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रू भयो, फास्ट ट्रयाकमा अर्को सुरुङमार्ग ब्रेक थ्रू भयो ।
तेस्रो मुलुकसँग विद्युत् व्यापार सम्झौता भयो भनेर उपलब्धि सुनाउनुभयो,” उनले भने, “यो सरकार नभएको भए सिद्धबाबाको सुरुङमार्ग ब्रेक थ्रू हुँदैनथ्यो ।
बंगलादेशसँग विद्युत् व्यापार सम्झौता हुँदैनथ्यो कांग्रेस–एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो
यो हेर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ ।”
उनले सरकारले नियमित विषयलाई उपलब्धि मानेकामा आपत्ति जनाए । लिङ्देनले सुशासन, रोजगारी सिर्जना, अर्थतन्त्र सुधारमा काम हुन नसकेको बताए ।
उनले सरकारको ६ महिनाको अवधि निराशाजनक रहेको पनि बताए ।
गएको साढे ६ महिनाको सरकारको समय निराशजनक छ ।
हामी चाहन्छौँ, कांग्रेस र एमालेजस्तो ठूले पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ, उनले भने “हामी विरोध मात्रै गर्दैनौँ, अपेक्षा गर्छाैं सुध्रियोस् । ”
उनले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिरहेको आरोप समेत लगाए हुन ।
