रेस्टुरेन्टमा भाँडा माझ्ने देखि संसदको सभामुखसम्म धादिङको गाउँबाट देशको सर्वोच्च संसदीय भूमिकासम्मको यात्रा डीपी अर्याल

समाचार सारांश
Auto Generated by AI
  • धादिङको सामान्य परिवारमा जन्मेर रेस्टुरेन्टमा भाँडा माझ्नेसम्मको संघर्ष गरेका डीपी अर्याल अहिले प्रतिनिधिसभाको सभामुख बनेका छन्।
  • जापानको अनुभव र व्यवसायिक सफलतापछि राजनीतिमा होमिएका अर्याल रास्वपाको कार्यवाहक सभापति हुँदै संसदको नेतृत्वदायी भूमिकामा पुगेका हुन्।
  • कठिन परिस्थितिलाई चिर्दै सफलता चुम्ने उनको यात्रा संघर्ष र आत्मविश्वासको प्रतिक बन्नुका साथै उनले प्रतिपक्षको भूमिकालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

अर्जुन थापा काठमाडौं — धादिङको सामान्य परिवारमा जन्मिएर अभाव र संघर्षबीच हुर्किएका डीपी अर्याल आज देशको प्रतिनिधिसभाको सभामुखको जिम्मेवारी सम्हाल्ने स्थानमा पुगेका छन्। कुनै समय दैनिकी चलाउनकै लागि काठमाडौंका रेस्टुरेन्टहरूमा भाँडा माझ्दै काम गर्नुपर्ने अवस्था भोगेका उनी अहिले संघीय संसदको नेतृत्वदायी भूमिकामा उभिएका छन्, जसले उनको जीवन यात्रालाई असाधारण बनाएको छ।

Workplace

सानैदेखि आर्थिक अभावका कारण सहज शिक्षा र अवसरबाट टाढा रहनुपरेका अर्याल राम्रो भविष्यको खोजीमा गाउँ छाडेर काठमाडौं आएका थिए। राजधानीमा पाइला टेक्दा न त स्थायी काम थियो, न त बसोबासको सुनिश्चितता। जीविकोपार्जनका लागि जे काम पाइन्छ, त्यही गर्नुपर्ने बाध्यता थियो। यही क्रममा उनले रेस्टुरेन्टमा काम सुरु गरे, जहाँ भाँडा माझ्ने, सरसफाइ गर्ने जस्ता काम गर्दै दिन काटे। त्यही पसिनाले उनको जीवनको पहिलो आधार तयार गर्‍यो फल सरुप हिजो उनी सभामुख भए ।

समयसँगै उनले जीवन बदल्ने अवसरको खोजी जारी राखे र अन्ततः वैदेशिक रोजगारीको बाटो रोज्दै जापान पुगे। त्यहाँ बिताएको करिब आठ वर्षले उनलाई केवल आर्थिक रूपमा मात्र होइन, सोच, अनुशासन र व्यवस्थापनका दृष्टिले पनि परिपक्व बनायो। कठिन श्रम, समयको मूल्य र जिम्मेवारीबोधले उनको व्यक्तित्वलाई अझ मजबुत बनाएको देखन सकिन्छ ।

विदेशबाट फर्किएपछि उनले संचित अनुभव र पूँजीलाई उपयोग गर्दै नेपालमै व्यवसाय सुरु गरे। पर्यटन, शिक्षा र सेवा क्षेत्रमा उनको सक्रियता बढ्दै गयो र विस्तारै उनी एक उद्यमीका रूपमा चिनिन थाले। व्यवसायिक यात्रासँगै समाजका समस्या र जनजीवनसँग नजिक हुने क्रममा उनले राजनीतितर्फ चासो बढाए नयाँ  उदाउँदो गरेको बैकल्पिक शक्ति भनिने रास्वपामा लागे ।


नयाँ राजनीतिक परिवेशमा सक्रिय बनेका अर्याल छोटो समयमै नेतृत्व तहमा उक्लिए। जनतासँग प्रत्यक्ष जोडिने शैली, स्पष्ट अभिव्यक्ति र व्यवहारिक दृष्टिकोणका कारण उनी लोकप्रिय बन्दै गए रास्वपा सभापतिको अनुपस्थितमा उनले जिम्मेवारी समाल्दै पार्टी लाई अघि बडाउन सयोग गरे रबि लाई सहकारी मुद्दा जेल जादा पनि कार्यबाहक सभापतिको जिम्मेवारी अर्याल नै समाल्दै आएका थिए  । कोरोना कालमा होस या कालिकोटमा रास्कोट सामुदायिक अस्पताल बनाउदा उनको सक्रियता निकै उल्लेखनीय थियो ।

जेन्जी आन्दोलन पोछिको घटनाकर्म पोछी चुनावमा उठे र  निर्वाचनमार्फत संसदमा पुगेर उनले आफूलाई केवल नेताका रूपमा होइन, जनप्रतिनिधिका रूपमा स्थापित गरे।
अहिले उनी प्रतिनिधिसभाको सभामुखको जिम्मेवारी सम्हाल्दै छन्। सभामुखको पद संसद सञ्चालन गर्ने, नियम र प्रक्रिया पालना गराउने, दलहरूबीच सन्तुलन कायम गर्ने र लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउने अत्यन्त महत्वपूर्ण जिम्मेवारीसँग जोडिएको हुन्छ।

यस्तो संवेदनशील भूमिकामा उनको आगमनलाई धेरैले आशाका रूपमा हेरेका छन् उनले नेपाल खोजखबर  सम्बादाता लाई बताए अनुसार सभामुखको भुमिका बारे आफू जानकार भएको र सत्ता  पक्ष भन्दा प्रतिपक्षको भुमिका  लाई पोहिलो प्राथमिकतामा राखने जनाएका छ्न ।

भाँडा माझ्ने श्रमिकदेखि संसदको सभामुखसम्मको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र नभइ , यो संघर्ष, निरन्तरता र आत्मविश्वासको  पनि ज्वलन्त उदाहरण हो भने देखन सकिन्छ । डीपी अर्याल को जीवनकथा आजका युवाका लागि एउटा  सन्देश बन्न सक्छ परिस्थिति  जस्तोसुकै भए पनि लक्ष्यप्रति अडिग रहँदै निरन्तर प्रयास गरिरहने हो भने एक दिन  हरेक ब्यक्ति लाइ सफलता अवश्य हात लाग्छ भने उदाहरण डिपि अर्यालले देखाएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?