रवि लामिछानेको ‘अन्तिम इच्छा’ के हो ? सांसद हरि ढकालले चितवनबाट गरे खुलासा

चितवन  — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेको ‘अन्तिम इच्छा’ सार्वजनिक गरेका छन्। शनिबार चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रममा उनले लामिछानेलाई राज्यले विगत पाँचदेखि सात वर्षसम्म लखेटिरहेको आरोप लगाए।

Workplace

ढकालले लामिछानेलाई विगतमा टेलिभिजनमा कार्यरत रहँदा कोठाबाटै समातिएको र चितवनले त्यसवेला विद्रोह गर्दै न्याय दिलाएको उल्लेख गरे। “एक जना व्यक्तिलाई राज्यले पटक–पटक लखेटिरहेको छ। विगत ५/७ वर्षदेखि देखिरहेका छौं। टिभी हुँदा कोठाबाटै समातेर ल्याए। चितवनले सशक्त विद्रोह गरिदियो,” उनले भने।

उनको भनाइमा, वर्तमान सरकारले न्यायालयको प्रक्रिया नमान्दै रवि लामिछानेलाई राति १० बजे बेडरुममै पुगेर दुर्व्यवहार गर्दै पक्राउ गरेको थियो। उनले भने, “न्यायलयको आदेश मान्छु भनेर हार्दिकता देखाउँदा देखाउँदै १० बजे नै पक्राउ गर्नपर्ने? त्यो पनि बेडरुमसम्म पुगेर दुर्व्यवहार गरियो।”

ढकालले चितवनलाई ‘न्याय दिने थलो’को रूपमा चित्रण गर्दै त्यहीँबाट रविको ‘अन्तिम इच्छा’ पनि सार्वजनिक गरे। उनले भने, “जुन शैलीमा अन्तिम इच्छा के छ भनेर सोधियो, म चितवनबाट भन्न चाहन्छु — यो पार्टीको रणमैदानबाट रवि लामिछानेको अन्तिम इच्छा के हो, सुन्न तयार हुनुहोस्।”

ढकालका अनुसार रवि लामिछानेको अन्तिम इच्छा निम्नानुसार रहेको बताएका छ्न।  देशका किसानको अनुहारमा हाँसो ल्याउनु, युवा पलायन रोक्दै रोजगारी सिर्जना गर्नु, दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउँदै विधिको शासन स्थापित गर्नु, ३५ वर्षसम्म देश लुटेका भ्रष्टहरूलाई जेलमा हालेर, जेलभित्रै ‘दशदान बैतर्नी’ गर्नु।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?