महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि २ महिने सिलाईकटाई तालिम

अनिल नेपाली 

Workplace

कपिलवस्तु – कपिलवस्तुकाे शिवराज नगरपालिका वडा न १० मा महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि २ महिने सिलाईकटाई तालिमकाे दिईने भएको छ वडाकाे बार्षिक कार्यक्रम अनुसार तालिम प्रदान गरिने बताईएको छ।

शुक्रबार तालिमको उद्घाटन गदै वडा न १० लालपुर गाविसका तत्कालीन अध्यक्ष तथा समाजेवि युवा नेता रवि द्वन्त मिश्रले सीप सिकेर स्वरोजगार बन्न तालिममा सहभागी महिलाहरुलाइ सुझाव दिदै निशुल्क रुपमा सीप सिक्ने अवसरको सदुपयोग गर्दै आयआर्जनको बाटो बनाउनुपर्नेमा उनले जोड दिदै सीप सिकेर स्वरोजगार बनेमा आर्थिक रुपमा सबल भएपछि नेतृत्व विकास हुने र घरेलु हिंसा एंव सामाजिक विभेद अन्त्य हुने पनि उनले बताए ।

उद्घाटन कार्यक्रममा वडा न १० कि अध्यक्ष मन्जु मिश्राले सीपले व्यक्तिलाई सक्षम बनाउने धारणा राख्दै व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गरी अर्थाेपार्जन गर्ने हिसाबमा सीप सिक्नु उनले सहभागीहरुलाई आग्रह गदै सिकेको सिपलाई व्यबहारमा लागू गर्न आग्रह गरिन् ।

२ महिनासम्म सञ्चालन हुने तालिममा तालिम प्रशिक्षक शैलेन्द्र त्रिपाठी सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर १० कै २० जना युवती एंव महिलाहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा वडा सचिव सावित्रा थारू वडा सदस्य फरिदा खातुन महिहार, साेनमति पासि ,गगाराम कुर्मि ,ओम प्रकाश कुर्मि लगायतका जनप्रतिनिधिहरूकाे सहभागीता रहेको थियोे।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?