
- नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले घटेको छ।
- सुन प्रतितोला तीन लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्यमा पनि २० रुपैयाँले गिरावट आई चार हजार छ सय रुपैयाँ कायम भएको छ।
काठमाडौं।आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार भने चाँदीको मूल्य ४ हजार ६ सय २० रुपैयाँ थियो।
