मुगु कर्णाली प्रदेश- मुगुको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका म ढुङ्गेधारा श्रमदान बाट निर्माण हुने भएको छ। गएको शनिबार बाट पाइपलाइन खन्नेक्रम सोमबार सम्म गर्दै।आज सदरमुकाम सम्म ३ हजार मिटर पाईप लाईन गमगढी बजार सम्म पुगेको । छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ले नेपाल खोज खबरलाई जानकारी गराउनु भयो।


तस्बिर :रतन बहादुर रावल।
जिल्ला प्रशासन कार्यालय का सिडिओ साप र जिल्ला प्रहरी कार्यालय डिएसपी सापको सक्रियतामा ३०० जना निर्वाचन प्रहरी र २५ जना नगर प्रहरीहरु ले श्रमदान सोमबार गेरका छन। हरेक शनिबार श्रमदानमा खटिएका नगर प्रमुख कहिले खानेपानीका धारा निर्माण कहिले बाटो कहिले पार्टी पौवा त कहिले वृक्षारोपण समेत गर्दै आएका श्रमदानबाटै समृद्धिका नगरपालिका बनाउन भामको ठूलो सहनीयता र योगदानको काम रहेको स्थानीय बासीले बताएका छन्। मिलिरल वाटरलाई प्रतिबन्ध गर्दै नगरपालिका ले। आफ्नै स्थानीय स्तरमा बग्दै आएका विशुद्ध खानेपानीका मुहान।बाट नगरपालिका मा कामकाजले आएका सर्वसाधारण जनता र कर्मचारीले पनि प्रयोग गर्ने। उद्देश्यले श्रमदानबाट ढुङ्गेधाराको निर्माण भएको नगर प्रमुख भाम ले बताउनु भयो। नेपाल त्यसैमा पनि पानीको धनी देश। आफ्नै स्थानीय स्तरमा। बग्दै आएका सुन्दर स्वच्छ सफा फिल्टर खानेपानीलाई प्रयोग गरेर। पिउना एकदम स्वच्छ र सफा मानिने नगर प्रमुखले भन्नुभयो । तलको मिनरल वाटरमा विभिन्न औषधि र क्यामिकल प्रयोग गराएर बनाइएको पानीभन्दा। आफ्नै ठाउँमा उत्पादित र आफ्नै ठाउँका सुन्दर स्वच्छ सफा मोहनबाट पानी पिउन उपयुक्त हुने बताउनु भएको हो।

नगरपालिका का नगर प्रमुख विष्णु कुमार भामले आफू पदमा नरहदा पनि समाजसेवा र श्रमदान नै लागिरहेको बताएका छन। वडा अध्यक्ष हुँदाखेरि पार्टी पौवा बाटोघाटो श्रमदानबाटै निर्माण गरेका। र अहिले छायाँना नगरपालिका का नगर प्रमुख भएपछि पनि। नगरपालिका का विभिन्न बस्ती गाउँ म पाइपर्ने ठाउँमा श्रमदान बाटै पानीका धारा मानिसलाई विश्राम चौतारी प्रतीक्षालय सहित श्रमदानबाटै निर्माण गरेका छन्।

