समाचार सारांश
Auto Generated by AI
- लगातारको वर्षाका कारण मुगुको नाग्म–गमगढी सडक हिलाम्मे हुँदा यातायात सेवा ठप्प भएको छ।
- सडकका ठूला खाल्डा र दलदलका कारण यात्रु र बिरामीहरू घण्टौंसम्म अलपत्र पर्न बाध्य छन्।
- जिम्मेवार निकायले मर्मतमा चासो नदेखाउँदा विकासको नाममा भएको बजेट खर्च पनि निरर्थक देखिएको छ।
रतन रावल मुगु, २७ असार
असाढ को झरी सुरु भएसँगै मुगुको लाइफलाइन मानिने नाग्म–गमगढी सडकखण्डको अवस्था फेरि एकपटक भयावह बनेको छ।हिमालि जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका को वडा नम्बर ८ स्थित झ्यारी खोलादेखि ताल्च विमानस्थल सम्म को सडकखण्ड पूर्ण रूपमा हिलाम्मे बनेपछि यो रोड भएर यात्रा गर्ने यात्रुहरूले चरम सास्ती भोग्नुपरेको छ।लगातारको वर्षाका कारण सडकमा ठूला–ठूला खाल्डाखुल्दी परेका छन् र बाटो हिलोको दलदलमा परिणत भएको छ। काठमाडौँ नेपालगञ्ज सुर्खेत हुँदै आएका मालवाहक तथा साना गाडी सवारी साधनहरू हिलोमा भासिँदा सडकमै घण्टौंसम्म जाम हुने गरेको छ। गाडीहरू हिलोबाट निस्कन नसकेपछि वृद्धवृद्धा, बालबालिका र बिरामी यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। ताल्च विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुहरू र गमगढी बजार आउने–जाने सर्वसाधारणको बिचल्ली भएको छ।
यस्तै गरेर कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा हेरिएको मुगुको राराताल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटनहरूलाई पनि आवजात गर्न समस्या भएको छ। हरेक वर्ष असार महिनामा बजेट सक्ने उद्देश्यले हतार–हतार सडक मर्मत र ‘असाढे विकास’का कामहरू हुने गरे पनि यसपटक सडकको कहालीलाग्दो अवस्थाले विकासको धज्जी उडाएको छ। सडकको दुरावस्था सुधार गर्न बजेट विनियोजन भए पनि फिल्डमा त्यसको कुनै प्रभाव देखिएको छैन। यात्रुहरू सडककै कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
असाढ को झरी सुरु भएसँगै मुगुको लाइफलाइन मानिने नाग्म–गमगढी सडकखण्डको अवस्था फेरि एकपटक भयावह बनेको छ।हिमालि जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका को वडा नम्बर ८ स्थित झ्यारी खोलादेखि ताल्च विमानस्थल सम्म को सडकखण्ड पूर्ण रूपमा हिलाम्मे बनेपछि यो रोड भएर यात्रा गर्ने यात्रुहरूले चरम सास्ती भोग्नुपरेको छ।लगातारको वर्षाका कारण सडकमा ठूला–ठूला खाल्डाखुल्दी परेका छन् र बाटो हिलोको दलदलमा परिणत भएको छ। काठमाडौँ नेपालगञ्ज सुर्खेत हुँदै आएका मालवाहक तथा साना गाडी सवारी साधनहरू हिलोमा भासिँदा सडकमै घण्टौंसम्म जाम हुने गरेको छ। गाडीहरू हिलोबाट निस्कन नसकेपछि वृद्धवृद्धा, बालबालिका र बिरामी यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। ताल्च विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुहरू र गमगढी बजार आउने–जाने सर्वसाधारणको बिचल्ली भएको छ।
यस्तै गरेर कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा हेरिएको मुगुको राराताल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटनहरूलाई पनि आवजात गर्न समस्या भएको छ। हरेक वर्ष असार महिनामा बजेट सक्ने उद्देश्यले हतार–हतार सडक मर्मत र ‘असाढे विकास’का कामहरू हुने गरे पनि यसपटक सडकको कहालीलाग्दो अवस्थाले विकासको धज्जी उडाएको छ। सडकको दुरावस्था सुधार गर्न बजेट विनियोजन भए पनि फिल्डमा त्यसको कुनै प्रभाव देखिएको छैन। यात्रुहरू सडककै कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।सडकको यो बेहाल हुँदा पनि जिम्मेवार निकाय सडक
डिभिजन कार्यालय जुम्ला भने कानमा तेल हालेर बसेको स्थानीयको आरोप छ। दैनिक रूपमा यात्रुहरूले सास्ती खेप्दा र गाडीहरू हिलोमा फसिरहँदा पनि सडक डिभिजन कार्यालयले सडक सुचारु गर्न वा हिलो पन्छाउन कुनै चासो देखाएको छैन। “सडक डिभिजन कार्यालय के हेरेर बसिरहेको छ?” भन्दै आक्रोशित यात्रु र चालकहरूले प्रश्न गरिरहेका छन्। सम्बन्धित निकायको यो मौनता र गैरजिम्मेवारीपनले गर्दा मुगुवासीले बर्खायाममा सधैं यस्तै नियति भोग्नुपरेको छ।स्थानीय प्रशासन, स्थानीय सरकार र सडक डिभिजन कार्यालय जुम्लाले तत्काल यो सडकखण्डमा जेसिभी (JCB) प्रयोग गरेर हिलो पन्छाउने र यातायात सहज बनाउनेतर्फ कदम चाल्न जरुरी देखिएको छ।