अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान सुरु

काठमाडौं।बैंकिङ कसुर तथा ठगी अभियोगमा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ।

Workplace

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले राखेको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका तामाङलाई बैठकलगत्तै प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको थियो।

अरुण अर्यालको जाहेरीका आधारमा परेको बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङको ‘क्रिमिनल रेकर्ड सिस्टम’ (सीआरएस) अभिलेख जाँच गर्दा बैंकिङ कसुर र ठगीका १० वटा बेग्लाबेग्लै मुद्दा फेला परेका छन्।

तामाङमाथि अदालतबाट म्याद थप गरी सबै मुद्दामा गम्भीरताका साथ अनुसन्धान अगाडि बढाइने परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।

पछिल्लो समय भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोट लगायतका क्षेत्र प्रभावित भएपछि राहत, पुनःस्थापना र उद्धार कार्यको समीक्षाका लागि प्रधानमन्त्री कार्यालयमा जनप्रतिनिधिहरूको बैठक बोलाइएको थियो।

सोही बैठकमा सहभागी भएर फर्किने क्रममा तामाङ पक्राउ परेका हुन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?